कांग्रेसका युवा नेता गोर्खालीद्वारा काठमाडौंको विद्यालयलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य राजेन्द्रबहादुर गोर्खाली ‘राजु’ले चण्डिकादेवी माविलाई आर्थिक सहयोग गरेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ बाड, भञ्ज्याङमा सोमबार आयोजित ‘श्रीमत् भागवत सप्ताह ज्ञान महायज्ञ एवम् चण्डिकादेवी मावि धार्मिक शैक्षिक महोत्सव २०७८’का प्रमुख अतिथि गोर्खालीले विभिन्न व्यक्तिहरूलाई प्रमाणपत्र समेत प्रदान गरेका छन् ।

उनले चण्डिकादेवी माविलाई आफ्नो व्यक्तिगततर्फबाट ४ लाख ९९ हजार ९ सय ९९ रुपियाँ ९९ सय पैसा समेत आर्थिक सहयोग प्रदान गरेका छन् ।

कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मूल आयोजक समितिका अध्यक्ष श्रवण सुवेदी, प्रधानाध्यापक गोविन्द बुढाथोकी, धार्मिक अभियान्ता संत संकल्प कर्ता व्यासाचार्य पं.बासुदेव घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

चण्डिकादेवी माविमा अध्ययनरत विद्यार्थीका लागि आवश्यक भौतिक, शैक्षिक लगायतका सामग्रीको व्यवस्थापनका लागि धार्मिक शैक्षिक महोत्सव गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले जानकारी दिए । महोत्सव मंसिर १३ गतेदेखि शुरु भएको हो । मंसिर २३ गते महोत्सव सम्पन्न हुनेछ ।

कांग्रेसको राजनीतिमा सक्रिय रुपमा क्रियाशील रहेका नेता गोर्खाली समाज सेवामा पनि छन् । उनले सामाजिक कार्यहरूमा सहयोग गर्दै आएका छन् ।

केही समय अगाडि सिन्धुपाल्चोक जिल्लामा विपत्तिमा परेकाहरूलाई पनि सहयोग गरेका थिए ।

नेता गोर्खालीले हेलम्बु गाउँपालिकाका ६५ घरधुरी पहिरोपीडितहरूलाई जनही ५ हजारका दरले आर्थिक सहयोग गरेका थिए ।

उनले इन्द्रावती नदीमा आएको बाढी र पहिरोमा परेकाहरूलाई पनि लाखौँको सहयोग गरेका थिए ।

Published : Monday, 2021 December 6, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया