महामन्त्रीमा पराजित हुनेवित्तिकै नेता तिमिल्सिनाले दिए बधाइ, देखाए लोकतान्त्रिक संस्कार
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले आफूलाई महामन्त्री पदमा मतदान गर्ने महाधिवेशन प्रतिनिधि र सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् ।
सोमबार तिमिल्सिनाले प्रेस नोट जारी गरेर मतदाताहरूलाई धन्यावाद दिएका हुन् । उनले कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिमा सभापतिमा निर्वाचित अमरसिंह पुनसहित पदाधिकारी र सदस्य सबैलाई बधाइ दिएका छन् ।
नेता तिमिल्सिना लुम्बिनी प्रदेश कार्यसमितिका लागि महासचिव पदमा उम्मेदवार बनेका थिए । उनले महासचिव पदमा आफू आन्तरिक लोकतन्त्रमा पराजित भए पनि नयाँ कार्यसमितिलाई सधैँ साथ र समर्थन रहने प्रतिवद्धता जनाएका छन् ।
पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई सबैले सहज रुपमा लिनुपर्ने भन्दै तिमिल्सिनाले आफूले पनि सोही रुपमा लिएको बताएका छन् । उनले घरभित्र कसैको पनि जित र हार नहुनेभन्दै जसले जिते पनि वा हारे पनि कांग्रेसकै जितहार हुने बताएका छन् ।
यसैबीच, नेता तिमिल्सिनाले भैरहवामा अलपत्र परेका महाधिवेशन प्रतिनिधिहरूलाई घरसम्म पुग्न उचित व्यवस्था गरिदिएका छन् ।
उनले कांग्रेसको महाधिवेशनमा सहभागी भएर लुम्बिनी प्रदेश कांग्रेसको प्रथम अधिवेशनलाई सम्पन्न सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया