चलचित्रका निर्देशक थापाद्वारा कांग्रेसमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थबहादुर थापाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली चलचित्रका निर्देशक समेत रहेका नेता थापाले १४औँ महाविधेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका छन् । ‘लामो समयदेखि कांग्रेसमा काम गर्दै आएको छु’, उनले भने, ‘अब कांग्रेसको केन्द्रीय नेतृत्वमा रहेर पार्टी निर्माणमा काम गर्नेछु ।’

धेरै नेपाली चलचित्रहरूको निर्देशन गरेका थापा लम्जुङ जिल्लाका स्थायीबासी हुन् । काठमाडौंमा बस्दै आएका थापाले कांग्रेस निकटका कलाकार, मजदुरलगायतको पक्षमा आवाज उठाउँदै आएका छन् ।

Published : Monday, 2021 December 6, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया