‘पौडेल गठबन्धन’भित्र भाँडभैलो, कांग्रेसको सभापतिमा कुरा नमिलेपछि जुरुक्क उठे

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृको ‘गठबन्धन’मा सभापतिको साझा उम्मेदवार बनाउने विषयमा विवाद भएको छ ।

‘पौडेल गठबन्धन’भित्र सभापतिलाई लिएर मारामार छ । सभापतिमा नेता पौडेलका साथै शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले दाबी गरिरहेका छन् ।

सोमबार काठमाडौंको बोहराटारस्थित नेता पौडेलको निवासमा बसेको सभापतिका आकांक्षी चार नेताको बैठकमा सबैले दाबी नछाडेपछि विवाद भएको हो ।

पौडेल गठबन्धनले सभापतिमा साझा उम्मेदवार दिने भने पनि कसलाई सभापतिका उम्मेदवार बन्ने विषयमा विवाद छ । पौडेल गठबन्धनमा सबैभन्दा कमजोर सभापतिका उम्मेदवार रामचन्द्र पौडेल हुन् । त्यसपछि प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला हुन् ।

नेता सिंहले सभापतिमा कुनै पनि हालतमा उम्मेदवारी दिने जनाइसकेका छन् । सिंहले मंगलबार काठमाडौंमा सम्पर्क कार्यालय पनि खोल्ने तयारी गरेका छन् ।

सोमबार सहमति हुन नसकेपछि पौडेल गठबन्धनको बैठक मंगलबार पुनः बस्नेछ । बैठक नेता सिंहको निवास ठमेलस्थित चाक्सीवारमा बस्नेछ ।

रामचनद्र, शशांक, शेखर र प्रकाशमान सिंहले गठबन्धन बनाएर कांग्रेसको अधिवेशनमा वडादेखि प्रदेशसम्म सभापति देउवाको समूहसँग प्रतिस्पर्धा गरेका छन् ।

Published : Monday, 2021 December 6, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया