सभापति देउवाको कुराले उप–समितिहरूभित्र खैलाबैला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन तयारीका विषयमा जानकारी लिएका छन् ।

पार्टी मुख्यालय सानेपामा सोमबार सभापति देउवाले महाधिवेशन तयारीका लागि गठन भएका उप–समितिहरूसँग जानकारी लिएका हुन् ।

देउवाले महाधिवेश आइसकेको भन्दै तयारीहरू तीब्र रुपमा अगाडि बढाउन निर्देशन दिएका छन् ।

महाधिवेशन उद्घाटन कार्यक्रम उप–समिति, प्रचार प्रसार उप–समिति, स्वास्थ्य उप–समिति, आवास उप–समिति, स्वास्थ्य उप–समिति खाद्यान्न उप–समिति, विदेशी अतिथि उप–समिति लगायतका उपसमितिले आफ्नो तयारीसम्बन्धी प्रगति सभापति देउवालाई जानकारी गराएका छन् ।

महाधिवशेनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस हुनेछ ।

कांग्रेसको महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जानेछ । मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुनेछ ।

२ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुनेछ । मंसिर २४ गते दिउँसो १ बजे कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन हुनेछ ।

Published : Monday, 2021 December 6, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया