यी हुन् ‘डन’ मन्त्री, ठेकेदारको पैसामा पतिसँग रिसोर्टमा खानपिन र नाचगान

काठमाडौं । काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो । त्यहाँ शहरी विकासमन्त्री रामकुमारी झाक्री, शहरी विकाससचिव मनिराम गेलाल, सह–सचिव रामचन्द्र दंगाल, अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष उद्धत तिमिल्सिना, महानिर्देशक दिलिप भण्डारी लगायत करीव डेढ दर्जनको भिआइपी टिम पुगेको थियो ।

त्यो टिम शुक्रबार साँझ त्यही बस्यो । शनिबार बिहान अबेर मात्र त्यहाँबाट निस्क्यो । रातभर नाचगान र खानपिन चल्यो । त्यसको सबै खर्च रमन कन्ट्रसनको मालिक ठेकेदार पवन महतोले व्यहोरेको उच्च स्रोतको भनाइ छ । टिममा मन्त्री झाक्रीले आफ्नो पति पशुपति पुरीलाई पनि लगेकी थिइन् । पशुपति उप–सचिव हुन् ।

रामकुमारीलाई खानपिन गराउनुमा ठेकेदार पवनको ठूलो स्वास्र्थ छ । शहरी विकास मातहतको बागमतीको नदीको मुहानमा ड्याम बनाउन पवनले ठेक्का पाएका छन् । त्यो ठेक्का ६० करोड रुपियाँको छ ।

उक्त ड्यामलाई अवलोकन गर्न भनी झाक्रीको टिम शिवपुरी निकुञ्ज पुगेको थियो । महतोले शहरी विकास मातहतका थुपै्र योजना हात पारेका छन् । योजना हात पार्न उनले यस्तो तरिका अपनाउने गर्छन् । मन्त्री झाक्रीसँग महतो आफै पनि रिसोर्टमा पुगेका थिए ।

शुक्रबार साँझ नै आफ्नो निवासमा आउन पयाप्र्त समय हुँदाहुँदै पनि मन्त्री झाक्री रिसोर्टमा बस्न मन पराइन । त्यहाँ उनी जिन्सको पाइन्ट लगाएर पुगेकी थिइन् । मन्त्री भइसकेपछि झाक्री ‘गुण्डा’ र ‘डन’को शैलीमा जिन्सको पाइन्टमा देखिएपछि धेरै जना आश्चर्यचकित परेका थिए ।

मन्त्रालयका एक कर्मचारी भन्छन, ‘त्यहाँ अवलोकनमा भन्दा खानपिन र नाचगानमा बढी समय खर्च भएको थियो ।’ मन्त्री झक्रीको टिमलाई खानपिन गराउने योजना ठेकेदार महतोले पहिले नै मिलाएका थिए ।

एकीकृत बागमती सभ्यता आयोजनाका अध्यक्ष उद्धव तिमिल्सिनाले यो सबै कामको चाँजोपाँजो गरेका हुन् । तिमिल्सना एमाले नेता महेश बस्नेतसँग निकट मानिन्छन् । एमालेको सरकारको बेला उनी अधिकार सम्पन्न बागमती विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । आफ्नो जागिरी जोगाउन उनले मन्त्रीलाई खुशी बनाउने गरको छन् ।

त्यसो त, शहरी विकासमा आउने वित्तिकै मन्त्री झाक्रीले शहरी वकाससचिव फेरेर एमाले नेता बस्नेत निकट मानिने मनिराम गेलाललाई ल्याइन् । गेलालको दाजु नवराज गेलाल एमालेबाट भक्तपुर जिल्लाका जिसस संयोजक हुन् । हालै सम्पन्न एमालेको महाधिवेशन उनले महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका थिए ।

मन्त्री झाक्रीले आफ्नो टिममा शहरी विकासको स्टोर हेर्ने एक जना कर्मचारीलाइ पनि लगेकी थिइन् ।

झाक्री शहरी विकासमा आउने वित्तिकै सचिव मात्र फेरिन । मन्त्रालय मातहतका १८ उच्च कर्मचारी सरुवा गरिन् । आकर्षक मानिने सबै ठाउँमा उनले आफ्नो मान्छे भर्ना गरेकी छिन् ।

समाचारका विषयमा प्रतिक्रिया लिन मन्त्री झाक्री र ठेकेदार महतोसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Published : Monday, 2021 December 6, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया