लुम्बिनी कांग्रेसमा सभापतिमा पुन विजयी, प्रशंसा र चर्चा राजु खनालको

भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले जितेका छन् ।

सोमबार बिहान प्राप्त अन्तिमपरिणाम अनुसार पुनले ८ सय ५२ मतसहित सभापतिमा जित हासिल गरेका हुन् । सभापतिमा निर्वाचित भएका पुन नेता रामचन्द्र पौडेल समूहका हुन् ।

सभापतिमा भरतकुमार शाह पराजित भएका छन् । शाहले ७६७ मत पाएका थिए । शाह सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।

पुन र शाहबीच ८५ मतको अन्तर थियो । पदाधिकारीमा पुनकै प्यानलको वर्चश्व रहेको छ ।

उप–सभापतिमा भुवनप्रसाद श्रेष्ठ ८४७ र राजु खनालले ७९२ मत ल्याइ विजयी भएका छन् । उप–सभापतिमा निर्वाचित भएका खनाल संस्थापन निकट मानिन्छन् । अधिकांश पदमा पुनको समूहले जितेका बेला देउवा समूहका खनालले उप–सभापतिमा जितेर सबैलाई चकित तुल्याइदिएका छन् ।

अष्टभुजा पाठकले ७७२ र सुधाकर पाण्डेले ६६१ मत ल्याएर उप–सभापतिमा पराजित भएका छन् ।

महामन्त्रीमा विक्रम खनालले ८४४ र सुरेन्द्रराज आचार्यले ८३९ मत ल्याइ विजयी भएका छन् ।

सह–महामन्त्रीमा विष्णुप्रसाद खनाल ‘मुस्कान’ ८५९, खगराज पाण्डे ७७६ र महिला कोटामा निमा गिरी ८३० मत ल्याइ निर्वाचित भएका छन् ।

सह–महामन्त्रीमा माया पुन ७५२, सरिता चौधरी ६८७ तथा लक्ष्मी नारायण शाह ६७६ मतसहित पराजित भएका छन् ।

Published : Monday, 2021 December 6, 8:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया