लुम्बिनी कांग्रेसको सभापतिमा पुन र शाहबीच अन्तर कति ?
भैरहवा । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार पुनले ४९४ मत पाएका छन् । पुन नेता रामचन्द्र पौडेल निकटका हुन् ।
सभापतिका अर्का उम्मेदवार भरतकुमार शाहले ४१३ मत पाएका छन् । शाह सभापति शेरबहादुर देउवा निकटका हुन् ।
पुन र शाहबीच ८१ मतको अन्तर रहेको छ । शाहले पुनसँग थोरै मतअन्तर घटाएका छन् ।
हालसम्म ९१६ मत गणना भएको छ । निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो ।
पदाधिकारी र सदस्यमा पुन प्यानलको अग्रता कायम रहेको छ ।
प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेशसभा र महाधिवेशन प्रतिनिधिमा नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ ।
Published : Sunday, 2021 December 5, 10:08 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया