लुम्बिनी कांग्रेसको सभापतिमा पुन र शाहबीच अन्तर कति ?

भैरहवा । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार पुनले ४९४ मत पाएका छन् । पुन नेता रामचन्द्र पौडेल निकटका हुन् ।

सभापतिका अर्का उम्मेदवार भरतकुमार शाहले ४१३ मत पाएका छन् । शाह सभापति शेरबहादुर देउवा निकटका हुन् ।

पुन र शाहबीच ८१ मतको अन्तर रहेको छ । शाहले पुनसँग थोरै मतअन्तर घटाएका छन् ।

हालसम्म ९१६ मत गणना भएको छ । निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो ।

पदाधिकारी र सदस्यमा पुन प्यानलको अग्रता कायम रहेको छ ।

प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेशसभा र महाधिवेशन प्रतिनिधिमा नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ ।

Published : Sunday, 2021 December 5, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया