कांग्रेसको प्रदेश १ को सभापतिमा मतअन्तर घट्यो, खतराको घण्टी बज्यो

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेले अग्रता लिएका छन् ।

८०० मतको गणना हुँदा सभापतिका उम्मेदवार घिमिरले ४०८ मत पाएका छन् । घिमिरे नेता रामचन्द्र पौडेल निकटका उम्मेदवार हुन् ।

सभापतिका अर्का उम्मेदवार उद्वव थापाले ३६२ मत पाएका छन् । थापालाई नेता कृष्णप्रसाद सिटौला र सभापति शेरबहादुर देउवा समूहको समर्थन छ । घिमिरे र थापाबीच ४६ मतको अन्तर छ ।

उप–सभापतिमा गोविन्दप्रसाद ढुंगाना ३४८, टंकप्रसाद राई ३७३, रमेशजंग रायमाझी ३८९ र विश्वनाथ रिजाल ३२४ मत पाएका छन् ।

महामन्त्रीमा उमेश थापा ३८५, दिपनकुमार श्रेष्ठ ३५८, पदम सुन्दर पालुङ्वा ३६१ र भुपेन्द्र राई ३५७ मत पाएका छन् ।

सह–महान्त्री (महिला)मा प्रमिलाकुमारी गच्छेदार ३६१, सीता कार्की ३७५, सह–महामन्त्री (खुल्ला)मा खड्ग फागो ४६०, रोहितकुमार साह ३०४, विनोदकुमार बस्नेत ३४७, वीरकाजी राई ३०६ र शुभचन्द्र राईले ३६ मत पाएका छन् ।

Published : Sunday, 2021 December 5, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया