कमल थापा ‘बरबराएर’ हैरान, पराजित भएको १२ घण्टाभित्र राप्रपा फुटाउने गोप्य निर्णय

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका ‘फ्यान’ राप्रपाका नेता कमल थापा अध्यक्ष पदमा पराजित भएपछि सामाजिक सञ्जालमा नानाभाँती लेखेर आफ्नो पीडा पोखेका छन् ।

आइतबार अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले ट्वीटरमा गीत लेख्नेदेखि पूर्वयुवराज्ञी हिमानी शाहको फेक आइडीमा लेखिएका कुरालाई सेयर गरेर गालीगलौजमा उत्रिएका छन् । पराजित भएपछि थापा ‘बरबराए’को भनेर टिकाटिप्पणी भएका छन् ।

अध्यक्ष पदमा दुई सय मतले पराजित भएपछि थापाले निर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरूका प्रमाणपत्र वितरण कार्यक्रमलाई नै बहिस्कार गरेका छन् ।

थापाले आफू निकटका नेताहरूसँग लिङ्देन अध्यक्ष पदमा विजयी भएको दुखेसो पोखेका छन् । आफू पराजित भएको आरोप पूर्वराजा ज्ञानेन्द्र शाहलाई लगाएका छन् ।

राप्रपाको राजसंस्था र हिन्दू राष्ट्रको नारालाई ओलीको पाउमा बिसाएर एमालेको सरकारमा मन्त्री बनेर लाभ लिएका थापाले अहिले आएर आफू खाटी राजावादी भएको ढोङ गरेका छन् ।

संविधान सभाका बेला हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डा परित्याग गरेका थापाले संविधानलाई स्वीकार गरेर गणतन्त्रवादी एमालेका अध्यक्ष ओलीको पछाडि लागेर हिँडेका थिए ।

एमालेको चितवनमा भएको उद्घाटन सत्रलाई सम्बोधन गर्ने बेला थापाले ओली र एमालेको प्रशंसा गरेका थिए ।

थापाले अध्यक्ष पदमा पराजित भएपछि लिङ्देनले अध्यक्ष पदको जिम्मेवारी नलिँदै राप्रपालाई विभाजन गर्नेसम्मका हर्कत थालेको आरोप छ ।

पद र शक्तिभन्दा बाहिर बस्नै नसक्ने छवि बनाएका थापाले आफू निकटका नेताहरूसँग लिङ्दनेले पार्टी चलाउन नसक्ने र अर्को राप्रपाको आवश्यक्ता रहेको भन्दै पार्टी विभाजनका संकेत र रुपरेखाहरू तयार पार्न लागेको आरोप छ ।

थापाले आफू निकटका नेताहरूसँग गोप्य बैठक राखेर राप्रपामा लिङ्देनलाई अध्यक्ष मानेर बस्न नसकिने र राजसंस्था बिहीन नयाँ पार्टी बनाउने विषयमा छलफल गरेको चर्चा सामाजिक सञ्जालमा चलेको छ ।

Published : Sunday, 2021 December 5, 5:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया