बलायरले सभापति देउवाको शिर झुक्न दिएनन्

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर शानदार मतका साथ विजयी भएका छन् ।

आइतबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार बलायले ६ सय ८८ मत पाएका थिए ।

बलायरका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले जम्मा २ सय ८० मत पाएका थिए । मतदानका क्रममा १ हजार ३ मत खसेको थियो ।

सभापतिमा निर्वाचित बलायरले मिश्रलाई ४०८ मतले पराजित गरेका हुन् । सभापतिमा निर्वाचित बलायर सभापति शेरबहादुर देउवा निकटका हुन् । पराजित भएका मिश्र नेता रामचन्द्र पौडेल समूहका मानिन्छन ।

उप–सभापतिमा देउवा निकटका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन् ।

महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सह–महामन्त्रीमा गोपालदत्त भट्ट र चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन् ।

Published : Sunday, 2021 December 5, 5:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया