लुम्बिनी कांग्रेसको सभापतिमा यस्तो छ प्रारम्भीक नतिजा

भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्राम्भीक नतिजामा सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् ।

भैरहवामा आइतबार बिहान शुरु भएको मतगणनामा १ सय मत गणना हुँदा पुनले ५३ मत पाएका छन् । पुन नेता रामचन्द्र पौडेल निकटका हुन् ।

सभापतिका अर्का उम्मेदवार भरत शाहले ४७ मत पाएका छन् । शाह सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।

मतगणनाको प्रारम्भीक नतिजाअनुसार पदाधिकारीमा पनि पुनको प्यानलले अग्रता लिएको छ ।

शनिबार भैरहवामा मतदान भएको थियो । लुम्बिनी प्रदेशमा सभापतिमा कडा टक्कर पर्ने देखिएको छ ।

उप–सभापतिमा अष्टभुजा पाठकले ५६ र भुवन श्रेष्ठले ५५ मतका साथ अग्रता लिएका छन् । उप–सभापतिमा राजु खनालले ४० र सुधाकर सुधाकर पाण्डेले ३२ मत पाएका छन् ।

महामन्त्रीमा विक्रम खनालले ६२ र सुरेन्द्रराज आचार्यले ६१ मत ल्याएका छन् । महामन्त्रीका उम्मेदवार जन्मजय तिमिल्सिनाले ३६ र खिमानसिंह भारतीले ३३ मत पाएका छन् । सह–महामन्त्रीमा विष्णु मुस्कान ६१, निमा गिरी ५५, खगराज पाण्डे ५३, माया पुन ३९, सरिता चौधरी ३९ र लक्ष्मीनारायण शाहले ३४ मत पाएका छन् ।

शनिबार भएको मतदानमा १६७० मत मध्ये १६३१ मत खसेको छ ।

Published : Sunday, 2021 December 5, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया