कास्की कांग्रेसमा ४ सय काउन्ट, सभापतिमा १४ भोटले को अगाडि ?
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा १४ भोटले शुक्रराज शर्मा अगाडि देखिएका छन् ।
पोखरामा शनिबार राति जारी मतगणनाअनुसार शर्मा सभापतिमा पदमा आफ्ना प्रतिस्पर्धी अर्जुनप्रसाद जोशीभन्दा १४ मतले अगाडि देखिएको कास्की कांग्रेसका निर्वातमान सभापति कृष्ण केसीले जानकारी दिए । केसीका अनुसार ४ सय मत गणना भएको छ ।
गण्डकी प्रदेशमा शनिबार भएको मतदानमा कूल १ हजार १ सय ४६ मत खसेको थियो ।
सभापतिका उम्मेदवार जोशी सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् । शर्मा नेता रामचन्द्र पौडेल निकटका हुन् ।
कास्की कांग्रेसको सभापतिमा जोशी र शर्माबीच कडा प्रतिस्पर्धा भएको छ ।
Published : Sunday, 2021 December 5, 12:44 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया