केन्द्रीय सदस्य शाहद्वारा कांग्रेसको महाधिवेशनमा हिन्दूराष्ट्रको एजेण्डा प्रस्ताव

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले लुम्बिनी कांग्रेसको महाधिवेशनमा हिन्दूराष्ट्रको मुद्धालाई प्रवेश गराएका छन् ।

बिहीबार भैरहवामा भएको लुम्बिनी प्रदेश कांग्रेसको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै युवा नेता शाहले हिन्दूराष्ट्रको आफ्नो एजेण्डालाई प्रस्तावका रुपमा राखेका हुन् । उनले नेपालको पहिचान हिन्दूराष्ट्र नै रहेको बताए ।

नेता शाहले नेपाललाई हिन्दूराष्ट्र बनाउने विषयमा आफूले सभापति शेरबहादुर देउवासँग कुरा गरेको बताएका छन् । हिन्दूराष्ट्र बनाउने विषयमा सभापति देउवा सकारात्मक रहेको शाहीले बताए ।

‘नेपाललाई पहिचान गराउने भनेको हिन्दु राष्ट्र थियो । त्यो हिन्दुराष्ट्रलाई केही विदेशी दलालहरूको कारणले त्यसलाई खोसियो’, नेता शाहले भनेका छन् ।

‘त्यो विषय नहुँदा पनि केही कम्युनिस्टले जबरजस्ती प्रावधान ल्याएर हिन्दूराष्ट्र नेपाललाई हटाए’, उनले भने, ‘यसै महाधिवेशनबाट नेपाललाई हिन्दूराष्ट्र बनाउने हो ।’

उनले भने, ‘हिन्दूराष्ट्र बनाउने कांग्रेस र जनताको अभिभारा हो । केन्द्रीय नेतालाई दवाव दिनुहोला । सभापति शेरबहादुर देउवा सहज हुनुहुन्छ । मेरो कुरा भएको छ । हिन्दुको कुरा गर्नेलाई जिताउनुस् ।’

Published : Thursday, 2021 December 2, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया