लुम्बिनी कांग्रेसको सभापति ‘फाइनल’

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा भरतकुमार शाह र अमरसिंह पुनले उम्मेदवारी दिने भएका छन् ।

शाह र पुनबीच सभापतिमा प्रतिस्पर्धा हुने भएको छ । शाह सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् । पुन नेता रामचन्द्र पौडेल समूहबाट उम्मेदवारी दिएका छन् । शाह र पुनका बीच फाइनल प्रतिस्पर्धा हुने पक्का भएको छ ।

लुम्बिनी प्रदेशका ११ वटा जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् । बाँके जिल्लामा अधिवेशन हुन बाँकी छ । यी जिल्लाहरूबाट आएका प्रतिनिधिहरू देउवा समूहका धेरै छन् ।

सभापतिका उम्मेदवार शाहले आफू निर्वाचित हुने दाबी गरेका छन् । पुनले पनि सभापतिमा आफूले जित्ने जनाएका छन् ।

लुम्बिनी प्रदेशमा प्रतिनिधिको हिसावले संस्थापन पक्ष बलियो छ । देउवा समूहका प्रतिनिधि धेरैले जितेका छन् । पौडेल समूहले जिल्ला सभापतिहरू धेरै जिते पनि प्रतिनिधिहरू थोरै छन् ।

सभापतिका उम्मेदवार शाहलाई जिताउन गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाणसहितका नेताहरू लागेका छन् ।

पुनको पक्षमा केन्द्रीय सदस्य दीपक गिरी र चन्द्र भण्डारी छन् ।

Published : Thursday, 2021 December 2, 2:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया