लुम्बिनी कांग्रेसको सदस्यमा युवा नेतृ टीका डाँगीको उम्मेदवारी

भैरहवा । नेपाली कांग्रेसकी युवा नेतृ टीका डाँगीले कांग्रेसको लुम्बिनी प्रदेशको सदस्य पदमा उम्मदवारी घोषणा गरेकी छिन् ।

नेविसंघको राजनीतिबाट कांग्रेसको सक्रिय राजनीति शुरु गरेकी डाँगीले भैरहवामा शुरु भएको कांग्रेसको महाविधेशनमा सदस्य पदमा उम्मेदवारी दिएकी हुन् । उनले आफूलाई मतदान गरेर विजयी बनाउन अनुरोध गरेकी छिन् ।

महिलाहरू पनि कांग्रेसको नेतृत्वमा जान सक्छन् भन्ने सन्देश दिन आफूले उम्मेदवारी दिएको युवा नेतृ डाँगीले बताएकी छिन् ।

दाङबाट महाविधेशन प्रतिनिधि चयन भएकी डाँगीले सभापतिका उम्मेदवार भरतकुमार शाहको टिमबाट जिल्लातर्फ उम्मेदवारी दिने जनाएकी छिन् । नेतृ डाँगी सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् ।

Published : Thursday, 2021 December 2, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया