कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार चापागाइँद्वारा असल नेतृत्व चयन गर्न अपील

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले प्रथम प्रदेश महाविधेशनमा सहभागी सबै प्रतिनिधि र नेता कार्यकर्तालाई शुभकामना दिएका छन् ।

कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका चापागाइँले असल नेतृत्वलाई महाधिवेशनमा निर्वाचित गराउन अपील गरेका छन् ।

‘पहिलो प्रदेश महाविधेशन गर्दैर्छौं’, उनले भने, ‘कांग्रेसका प्रतिनिधि र नेता कार्यकर्ता सबैलाई शुभकामना छ ।’

नेता चापागाइँले महाधिवेशनबाट राम्रो नेतालाई विजयी बनाउन अनुरोध गरेका छन् । उनले भने, ‘म पनि केन्द्रीय सदस्य पदको उम्मेदवार हुँ । मलाई पनि मतदान गर्न अनुरोध गर्दछु ।’

Published : Thursday, 2021 December 2, 8:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया