यसरी हुनेछ लुम्बिनी प्रदेश कांग्रेसको महाधिवेशन, गृहमन्त्री खाणले उद्घाटन गर्ने
भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महाधिवेशन बिहीबार रुपन्देहीको भैरहवामा हुने भएको छ ।
भैरहवामा रहेको महेन्द्र सभागृहमा मंसिर १६ गते बिहीबार दिउसो साढे १२ बजे उद्घाटन हुने कांग्रेसको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए ।
मंसिर १६, १७ र १८ गते हुने कांग्रेसको महाधिवेशन हुनेछ । प्रदेशको संरचनानुसार कांग्रेसको प्रदेशको पहिलो अधिवेशन हुन लागेको छ ।
गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन गर्नेछन् ।
मंसिर १७ गते उम्मेदवारी दर्ता हुनेछु । १८ र १९ गते प्रदेशको अधिवेशन गरिनेछ ।
प्रदेश भरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरि १५ सय ८५ जनाले मतदान गर्ने छन् ।
महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई खाने र बस्नका लागि व्यवस्थापन गरिएको छ ।
लुम्बिनी प्रदेश कांग्रेसको सभापतिमा भरतकुमार शाह र अमरसिंह पुनबीच प्रतिस्पर्धा हुनेछ । शाह सभापति शेरबहादुर देउवा निकटका हुन् । पुन नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया