राप्रपाभित्र थापा र लिङ्देनबीच लफडा, पार्टी कार्यालयमा घम्साघम्सी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन शुरु हुनै लाग्दा अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनबीच बिबाद भएको छ ।

थापा र लिङ्देन दुबैले अध्यक्ष पदका लागि दाबी प्रस्तुत गरिरहेका छन् । अध्यक्ष थापाले आफू खुसी महाधिवेशन प्रतिनिधिमा हेरफेर गरेर एकलौटी गराउन खोजेपछि राप्रपाभित्रको विवाद बाहिर आएको छ । अध्यक्षमा लिङ्देनले उम्मेदवारी प्रस्तुत गरपछि थापा डराएका छन् ।

लिङ्देनलाई अध्यक्षमा पराजित गर्न थापाले सबै हत्कण्डाहरू अपनाएका छन् । लिङ्देनको पक्षमा देशभरि राप्रपाभित्र माहोल बन्दै आएको छ । लिङ्देनलाई राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, नेता धवलशम्शेर राणालगायतले समर्थन गरेका छन् ।

अध्यक्ष थापाको पक्षमा धेरै नेताहरू खुलेका छैनन् । थापासँग डराएर नेताहरू नखुलेका हुन् । थापालाई महाधिवेशनमा हराउन सबै नेताहरू भित्रभित्रै लागेको चर्चा छ ।

राप्रपामा एकलौटी राज गर्दै आएका अध्यक्ष थापालाई महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर आउन त्यति सहज छैन । थापालाई लिङ्देन ठूलो चुनौती बनेका छन् । लिङ्दनेको पक्षमा युवाहरूको जमात छ । त्यो जमातले साथ दियो भने अध्यक्षमा थापाको पराजय निश्चित छ ।

थापाले लिङ्देनलाई समाप्त पार्न सबै हर्कत गर्ने संकेत गरेका छन् । थापा पार्टीभित्र अराजक र क्रुर मानिन्छन् । थापाको घमण्ड र अहँकारले गर्दा राप्रपाप्रति कार्यकर्ताको समर्थन हुँदाहुँदै पनि अगाडि बढ्न सकेको छैन ।

Published : Wednesday, 2021 December 1, 10:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया