सह–महामन्त्री थापाको जिल्लामा कसले जित्यो सभापति ? बालुवाटारसम्म पुग्यो खुसीको कुरा

धनकुटा । नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राई शानदार मतका साथ निर्वाचित भएका छन् ।

बुधबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार राईले सभापतिमा निर्वाचित हुन ५०४ मत पाएका छन् । सभापतिमा निर्वाचित राई सभापति शेरबहादुर देउवा निकटका हुन् । उनलाई सभापतिमा जिताउन सह–सहमहामन्त्री सुनिलबहादुर थापाले ठूलो प्रयास गरेका छन् ।

सभापतिका अर्का उम्मेदवार कमोठ फागो पराजित भएका छन् । फागोले ४७० मतका साथ सभापतिमा पराजित भएका छन् । फागो नेता रामचन्द्र पौडेल समूहका निकटका हुन् ।

सह–महामन्त्री थापाले सभापतिसहित राईको पूरै प्यानललाई विजयी बनाएका छन् । उप–सभापतिमा सुनिल डंगोल र रमेश ईवाहाङ निर्वाचित भएका छन् ।

सचिवमा विजय सन्तोषी राई र जयन्द्र घिसिङ विजयी भएका छन् । सह–सचिवमा गिरिजा दाहाल र रोशन श्रेष्ठ शानदार मतका साथ निर्वाचित भएका छन् ।

धनकुटा पूर्वप्रधानमन्त्री स्व.सूर्यबहादुर थापाको गृहजिल्ला हो । स्व.थापाका छोरा सुनिलबहादुर थापाले धनकुटामा कांग्रेसको झण्डा उठाएका छन् । कांग्रेसको सह–महामन्त्री थापाले सभापति शेरबहादुर देउवा निकटको टिमलाई विजयी बनाएर कमाल गरेका छन् ।

प्रदेश १ मा देउवा समूह कमजोर रहेको भनेर चर्चा चलिरहेका बेला सह–महामन्त्री थापाले धनुकटामा पौडेल समूहलाई धुलो चटाएर देउवा समूहको विजयीको झण्डा गाड्न सफल भएका छन् ।

Published : Wednesday, 2021 December 1, 7:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया