नेपाल प्रहरीमा इन्स्पेक्टर, जवानसहितका पदमा ठूलो संख्यामा जागिर खुल्यो
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरीका निरीक्षक (इन्स्पेक्टर), प्रहरी जावनसहितका पदमा नयाँ भर्ना खुलाएको छ ।
प्रहरीको मानवश्रोत एवम् प्रशासन भर्ना छनौटी महाशाखाले सूचना निकारले इन्स्पेक्टरमा १४६, प्रहरी जवानमा १ हजा ९ सय ७१ पदमा नयाँ भर्ना खुलाएको छ ।
भान्छेमा १६३, हजाममा १०, सिलाई, बुनाइमा १०, कुचिकारमा १० र धोबीमा १० जना खुलाएको छ ।
प्रहरी निरीक्षकका लागि रानीपोखरी, विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, दाङ, सुर्खेत र धनगढीमा आवेदन दिन सकिनेछ ।
प्रहरी जवान र अन्य प्रहरी कार्यालय सहयोगी पदहरूमा सबै जिल्ला प्रहरी कार्यालयमा फारम भर्ना सकिने सूचनामा उल्लेख छ ।
प्रहरी निरीक्षकमा २० वर्ष पूरा भई २५ वर्ष ननाघेको र उचाइँ न्यूनतम ५ फिट २ इञ्च हुनुपर्नेछ । प्रहरी जवान पदमा १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको र न्यूनतम ५ फिट हुनुपर्नेछ ।
दरखास्तका लागि मंसिर १९ देखि पुस २३ गतेसम्मको समय तोकिएको छ ।




बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया