कपिलवस्तु कांग्रेसको सभापतिमा खाँ निर्वाचित
तौलिहवा । नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुलकलाम खाँ निर्वाचित भएका छन् ।
मंगलबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार खाँले ९ सय २८ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित खाँ नेता रामचन्द्र पौडेल समूह निकटका हुन् ।
सभापतिका उम्मेदवार राजेश आचार्य पराजित भएका छन् । आचार्यले ८ सय १९ मत ल्याएका थिए । आचार्यलाई सभापति शेरबहादुर देउवा समूहको समर्थन थियो ।
उप–सभापतिमा रजत आचार्य र हुमाकान्त खनाल विजयी भएका छन् ।
सचिवमा खोमसिंह ठकुरी र प्रेम रायमाझी निर्वाचित भएका छन् । सह–सचिवमा मोहम्मद वजिह अरसद र वीरेन्द्र शुक्ला निर्वाचित भएका छन् ।
Published : Tuesday, 2021 November 30, 8:53 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया