देशभरि १ सयभन्दा धेरै मान्छेको मृत्यु भएका बेला प्रचण्ड परिवारसहित रिसोर्टमा मोज गर्दै

सुकुटे । बाढीपहिरोले १ सयभन्दा धेरै सर्वसाधारणले ज्यान गुमाएका बेला सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रमाइलो गर्न र रिसोर्टमा रात बिताउन आएका छन् ।

अध्यक्ष दाहाल बिहीबार चार बजे सिन्धुपाल्चोकको सुकुटे आएका हुन् । पत्नी सीता दाहाल, बुहारी विना मगर, ज्वाइँ जीवन आचार्य, छोरी गंगा दाहाल, नाती र नतिनासहितको जम्बो टोली लिएर दाहाल सुकुटे आएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले बिहीबार नै भोटेकोशी नदीमा परिवारका सदस्यसहित र्‍याफ्टिङ गरेका छन् ।

दाहालको परिवारसँगै रिसोर्टमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा, माधव सापकोटा र वाइसीएल पूर्वअध्यक्ष रामप्रसाद सापकोटालगायतका नेताहरू पनि छन् ।

माओवादीका अध्यक्ष दाहाल रमाइलो गर्न बेलाबेला सुकुटेका रिसोर्टहरूमा गएर रात विताउने गरेका छन् । दाहालको खर्च रिसोर्टमा कसले दिन्छ केही भनिएको छैन ।

Published : Thursday, 2021 October 21, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया