कम्युनिस्ट र मधेशी दलहरूलाई धुलो चटाएका मन्त्री चौधरीसँग कांग्रेसको ठूलो अपेक्षा

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिपरिषदलाई समावेशी र सबैको सहभागिता गराउने प्रयास गरेका छन् ।

देउवाले आफ्नै पार्टी कांग्रेस र सत्ता गठबन्धनका अन्य दलहरूबाट मन्त्रीको सिफारिस हुँदा समावेशी बनाउन अधिकतम प्रयास गरेका हुन् ।

देउवाको यो कार्यको कांग्रेसभित्र र बाहिर धेरैले रुचाएका छन् । मन्त्रिपरिषद विस्तारमा आलोचकहरूले जे भने पनि देउवाको प्रयास प्रशंसनीय छ ।

देउवाले खानेपानी मन्त्रालयको जिम्मेवारी तराईका राम्रा नेता उमाकान्त चौधरीलाई दिएका छन् ।

विगतमा पनि मन्त्री बनेका चौधरीले बारा जिल्लाबाट शानका साथ जितेका थिए । तराईमा मधेशी दलहरू, एमाले तथा माओवादीको गठबन्धनले ठूलो दवाव सिर्जना गरिरहेका बेला कांग्रेस नेता चौधरीले जितेका थिए । चौधरी आफ्नो जिल्लामा मतदाताहरूका माझ लोकप्रिय मानिन्छन् ।

चौधरीबाट देउवासहित कांग्रेसका नेता कार्यकर्ताले मन्त्रालयबाट हुने कार्यसम्पादन र विकासको ठूलो अपेक्षा लिएका छन् ।

मन्त्री चौधरीले पनि कम्युनिस्टहरूले भन्दा राम्रो काम गर्ने कुरा आफू निकटका नेताहरूसँग बताउने गरेका छन् । चौधरीले गर्ने कामबाटै तराईमा कांग्रेसलाई बलियो बनाउन ठूलो मद्दत पुग्नेछ ।

देउवाले मन्त्री चौधरीसँग अपेक्षा राखेका पनि छन् । किन भने तराईमा बसोबास गर्ने ठूलो हिस्सा ओगटेको थारु समुदायलाई देउवाले सधैँ निकट राख्न चाहन्छन् भन्ने सन्देश पनि हो । चौधरीलाई कांग्रेसका नेता कार्यकर्ताको ठूलो समर्थन पनि छ ।

Published : Tuesday, 2021 October 12, 7:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया