देउवाले अन्याय हुन दिएनन्, विकले पाए न्याय

पोखरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनपछि अन्यायमा परेका डोबाटे विक मन्त्री बनेका छन् ।

पोखरा भ्रमणमा रहेका बेला देउवाले विकलाई मन्त्री बनाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलाई निर्देशन दिएका थिए ।

देउवाको निर्देशनपछि मुख्यमन्त्री पोखरेलले विकलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बनाएका छन् । विकले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

साउन ८ गते गण्डकी प्रदेशको मन्त्री बनाउेन बेला विकको नाम कोटेर विन्दकुमार थापालाई मन्त्री बनाइएको थियो ।

विकले साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग विना विभागीय मन्त्रीका रुपमा शपथ लिएका छन् ।

देउवा आइतबार साक्षर प्रदेश घोषणा गर्न पोखरा आएका थिए । देउवासँग डोबाटेले पनि भेटेका थिए ।

त्यस बेला विकले भने, ‘मलाई तपाईंको आशीर्वाद चाहिन्छ भनेको थिएँ, मन्त्री नै पाएँ ।’

‘पार्टीभित्र पहिले निधो भएर पनि नाम काटिएको थियो, अहिले मौका पाएँ’, उनले भनेका छन् ।

प्रदेशसभाको विधायन समितिको सभापति बन्ने प्रस्ताव डोबाटेलाई आएको थियो । उनले सभापति बन्न अस्वीकार गरेका थिए ।

Published : Monday, 2021 October 11, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया