हुतिहारा ‘धुपौरे’हरूलाई मन्त्री बनाएपछि उपेन्द्र बेपत्ता, सर्लाहीमा पनि प्रदर्शन

बयलबास । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मन्त्री बनाउने क्रममा आफ्ना गुटका ‘यादव’ जातीलाई मात्रै सिफरिस गरेपछि शुरु भएको प्रदर्शन सर्लाहीसम्म पुगेको छ ।

उपेन्द्रले प्रत्यक्ष निर्वाचित र राम्रा सांसद एवम् नेताहरूलाई मन्त्री नबनाएर गुटभित्रका ‘धुपौरे’हरूलाई बनाएपछि जसपामा बबण्डर मच्चिएको छ । उपेन्द्रको हर्कतविरुद्ध सर्लाहीको बयलबासमा जसपाका कार्यकर्ताले मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरू सर्लाही– १ बाट निर्वाचित सांसद प्रमोद साहका समर्थक हुन् । साहलाई मन्त्री नबनाएको झोँकमा कार्यकर्ताले उपेन्द्रको कर्मकाण्ड गरेका हुन् ।

प्रदर्शनकारीहरूले उपेन्द्रलाई असहयोग गर्ने जनाएका छन् । उनीहरूले उपेन्द्र यादव– मुर्दावाद, प्रमोद साह जिन्दावाद, यादवको मात्रै जातीय राजनीति बन्द गर, उपेन्द्र कुत्ता, काला नाग मुर्दावाद जस्ता नाराहरू लगाएका थिए ।

सर्लाही जिल्ला क्षेत्र नं. १ बाट साह तत्कालीन राजपाबाट शानदार मतका साथ निर्वाचित भएका थिए । राजपामा हुँदा महन्थ ठाकुरले साहलाई मन्त्री दिएका थिएनन् । मन्त्री बन्न ठाकुरलाई छाडेर उपेन्द्रको पछाडि लाग्दा पनि साहलाई धोका भएको छ ।

साहका समर्थकहरूले उपेन्द्रले मन्त्री नबनाएर ठूलो अन्याय गरेको भनेर प्रदर्शन गरेका छन् ।

यसअघि, पर्साको वीरगञ्जमा पनि उपेन्द्रविरुद्ध ठूलो प्रशर्दन भइसकेको छ । उपेन्द्रलाई फोन गरेर तराईका कार्यकर्ताले गालीगलौज गरेपछि मोबाइल फोन अफ गरेर बसेका छन् । आलोचना भएपछि उपेन्द्र सम्पर्क विहीन भएका छन् ।

जसपाका नेता एवम् सांसद प्रदीप यादवका समर्थकले वीरगञ्जमा उपेन्द्रका विरुद्ध प्रदर्शन गरेर जुरुक्कै उचालेका छन् ।

मन्त्री सिफारिससँगै उपेन्द्र यादवको दिनगन्ती शुरु भएको छ । उपेन्द्र यादवले फेरि एक पटक आफ्नो अनुदार र निरंकुश जातीवादी चरित्र देखाएका छन् । उपेन्द्रले आफूलाई सुधार्न सकेका छैनन् । उनको यो हर्कतले तराई मधेशका लाखौँ कार्यकर्ताको मन भाँच्चिएको छ ।

चीनसँग निकट रहेको आरोप खेप्दै आएका उपेन्द्रलाई कार्यकर्ताले तराईका जिल्लाहरूमा छिर्न नदिने समेत चेतावनी दिएका छन् ।

Published : Monday, 2021 October 11, 8:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया