बाहिरी जिल्लाबाट आएर यसरी भयो मोतीपुरमा आक्रमण, नर्सलाई एम्बुलेन्सबाट थुतेर अपहरण

बुटवल । रुपन्देही जिल्लाको बुटवल उप–महानगरपालिका– १७ र १८ को मोतीपुरमा रहेको औद्योगिक करिडोरमा आइतबार बिहान भएको झडपमा प्रहरीले बाध्यात्मक अवस्थामा ड्युटीमा खटिएका प्रहरीले ज्यान जोगाउन गोली प्रहार गर्नुपरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अतिक्रमण भएको जग्गाको सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुंगामुढा, पेट्रोल बम प्रहार गरेर आक्रमण गरेपछि पहिला अश्रुग्यास, पानीको फोहरा प्रहार गर्दा पनि आक्रमण गर्न नछोडेपछि बाध्यात्मक अवस्थामा गोली चलाउन परेको बताएका छन् ।

‘हामीले स्थितिलाई सामान्य अवस्थामा ल्याउन अनेक प्रयास गर्‍यौँ । प्रहरीले पानीको फोहरा, अश्रुग्यास, हवाइ फायर प्रहार गर्दा पनि आक्रमण नरोकिएको र प्रहरीहरू घाइते भएपछि बाध्य भएर ड्युटीमा रहेका प्रहरीले ज्यान जोगाउन गोली प्रहार गर्नुपर्ने अवस्था सृजना भयो’, तिवारीले भने ।

बिहान ११ बजे ठूलो संख्यामा आएका आक्रमणकारीले पहिला अतिक्रमित जग्गाको सुरक्षार्थ खटिने प्रहरीका लागि स्थापना गरिएको अस्थायी पोष्ट जलाइदिएका थिए ।

प्रहरी बस्नका लागि टागिएका पाल खोसेर प्रदर्शनकारी लगेका थिए । स्थितिलाई नियन्त्रणमा लिन गरिएका अनेकन प्रयास असफल भएपछि अन्तिम अवस्थामा गोली चलाउने अवस्थामा पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार घटनामा चार जनाको मृत्यु भएको छ । तीमध्य एक जनाको मात्रै सनाखत भएको छ । सनाखत हुनेमा बाडगंगा, कपिलवस्तुका रमेश परियार छन् । अन्य तीन जनाको सनाखत भएको छैन ।

सुकुम्बासी र प्रहरीबीचको झडपमा परेर घाइते भएकालाई अस्पताल पुर्‍याउन एम्बुलेन्स ल्याएर आएकी नेपाल प्रहरीकी असई विमला बिश्वकर्मालाई आन्दोलनकारीले एम्बुलेन्सबाट थुतेर केही घण्टा अपहरण गरेका थिए ।

घटनामा सशस्त्र प्रहरीका १९ जना घाइते

प्रदर्शनकारीद्वारा प्रहार गरिएको पेट्रोल बमसहितका हतियारबाट घाइते हुनेमा सशस्त्र प्रहरीका उपरीक्षक राजेश उप्रेती, हवल्दारहरू दिलबहादुर घर्ती, दीपेन्द्र केसी, खुसीराम चौधरी, तिलबहादुर धामी, रुद्रबहादुर खत्री, जनकराज जोशी रविन्द्रकुमार गौड र चुमानसिंह थापा रहेका छन् ।

सशस्त्र प्रहरीका जवानहरू सन्तोष बस्नेत, इन्द्रजित चौधरी, शम्भु कार्की, मनोज रावत, बसन्त डिसी, लोकनाथ खनान, गणेश रावत, प्रेम बिक सुरज दयाल र कृष्णबहादुर थापा घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिएका छन् ।

नेपाल प्रहरीतर्फ तीस जना घाइते

सर्वसाधारणतर्फ गुल्मीका ३२ वर्षीय जंगबहादुर परियार ३२, पाल्पाका ३५ वर्षीय गम्भीरसिंह डिसा, नवलपरासी पश्चिमका सर्वेस केवट, पाल्पा ३८ वर्षीय प्रेम कामी घाइते भएका छन् ।

स्थानीय सुकुम्वासीले आन्दोलन गरेको भनिए पनि बाहिरी जिल्लाबाट आएका धेरै मानिस घाइते भएको छन् । घाइतेहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताएका छन् ।

मृतकको नामवली

१) हाल नाम थर वतन नखूलेको वर्ष ४० को पुरुष ब्यक्ती १७:३० बजे उपचारको क्रममा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको ।

२) हाल नाम थर वतन नखूलेको वर्ष ४० को पुरुष ब्यक्ती १७:३० बजे उपचारको क्रममा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको ।

३) हाल नाम थर वतन नखूलेको वर्ष २०/२२ को पुरुष ब्यक्ती १७:३० बजे उपचारको क्रममा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको ।

४) जि.कपिलबस्तु वाणगंगा न.पा.१० बस्ने वर्ष २० को रमेश परियार, बाँया खुट्टामा गोली लागेको, अबस्था मध्यम, १६:०० बजे मे.क.रिफर ऐ.१८:२० बजे मृत्यु भएको ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुदै

१) प्रनानि नबिन चालीसे, टाउकोमा चोट, अबस्था सामान्य,

२) प्रज रिजन थापा, हातमा सामान्य चोट,

३) प्रज गोबिन्द चौधरी, दाहीने हातमा चोट, सामान्य,

४) प्रज झबिन्द्र परियार, द.नि.प्र.गण सुनवलमा कार्यतर,बायां हातको पंजा र कानमा चोट मध्यम,

५) प्रज बिनोद परियार, प्र.ता.के. बुटवलमा कार्यरत दाहिने हातमा चोट अवस्था मध्यम,

६) प्रज अनिता कुंवर, द.नि.प्र.गण सुनवलमा कार्यतर हातमा चोट मध्यम,

७) प्रज मेघराज पुन, द.नि.प्र.गण सुनवलमा कार्यतर,हातमा एसिडले पोलेको मध्यम,

८) प्रज राकेश यादब,वप्रका भैरहवा,मुखमा काटेको मध्यम,

९) प्रज राज लौनिया, द.नि.प्र.गण सुनवलमा कार्यतर हातमा चोट मध्यम,

१०) प्रज जितेन्द्र पुन, द.नि.प्र.गण सुनवलमा कार्यतर टाउकोमा र हातमा चोट मध्यम,

११) प्रज जगबिर पुन,जि.प्र.का. रुपन्देही,दायां खुट्टा,हात र घांटिमा काटेको अवस्था मध्यम,

१२) प्रज प्रदिप ठाकुर,जि.प्र.का. रुपन्देही,कानमा काटेको मध्यम,

१३) प्रज सुर्यनाथ रेग्मी,प्रताके बुटवल,घांटिमा चोट सामान्य,

१४) प्रनानि भरतराज पन्थी,ईप्रका मुर्गिया,बांया खुट्टामा चोट समान्य,

१५) प्रज जय कुमार चौधरी,ईप्रका बुटवल,दुबै हातमा चोट समान्य,

१६) प्र.ना.नि.बाबुराम घिमिरे ईप्रका बुटवल खुट्टामा चोट अवस्था सामान्य,

१७) प्रनाउ मदन कुँवर – हात खुट्टा समेतमा सामान्य चोट ।

१८) प्र.नि. चक्र बहादुर डरमपाल ईप्रका रन्यौरा खुट्टामा सामन्य चोट ।

१९) प्रह जगन्नाथ डागी ईप्रका रन्यौरा खुटामा सामन्य चोट ।

२०) प्रज बिरेन्द्र सुनारी – ईप्रका रन्यौरा हातमा सामान्य चोट ।

२१) प्रज झरना परियार- ईप्रका रन्यौरा सामान्य चोट

२२) प्रज लिला वली – ईप्रका रन्यौरा सामान्य चोट ।

२३) प्रज सुजन सोमरे – ईप्रका रन्यौरा सामान्य चोट ।

२४) प्रजअजय कुँवर – जिप्रका रुपन्देही सामान्य चोट ।

२५) प्रज मनराज घर्ती मगर- जिप्रका रुपन्देही सामान्य चोट

चौराहा हस्पिटल बुटवलमा उपचार हुदै

१) प्र.स.नि.बिमला बि.क. न.प्र.का.बुटवलमा कार्यरत –शरिरमा भित्री चोट अवस्था सामान्य ऐ.२०:३० बजे डिस्चार्ज ।
मे.क.भैरहवामा उपचार हुदै:-

१) प्रज निरशंकर केसी, बाहिरी चोट नदेखिएको, अबस्था सामान्य ।

२) प्रज सुरेन्द्र रोका, बाहिरी चोट नदेखिएको, अबस्था सामान्य।

३) प्रज खगेन्द्र प्रसाद यादव, बाहिरी चोट नदेखिएको, अबस्था सामान्य ।

४) प्रज महेन्द्र वली, बाहिरी चोट नदेखिएको, अबस्था सामान्य ।

५) प्रज अभिषेक बस्नेत , बाहिरी चोट नदेखिएको, अबस्था सामान्य ।

६) प्रज टेक ब. पल्ली, जि.प्र.का. रुपन्देही,टाउकोमा चोट मध्यम,प्रादेशिकबाट आएको

७) प्रज भरत गयल मगर,जि.प्र.का. रुपन्देही बांया हात र कानमा चोट मध्यम,प्रादेशिकबाट आएको

स.प्र.बलको प्र.क.हरु उपचारार्थ हाल सम्म कुनै अस्पतालमा नआएको ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुदै ।

१) जिल्ला नवलपरासी पश्चिम बर्दघाट न.पा. ४ बस्ने बर्ष २३ को विजय सहानी, कम्मरमा गोली लागेको अबस्था सिरियस ।

२) जिल्ला नवलपरासी पश्चिम बर्दघाट न.पा. ६ बस्ने बर्ष ३० को बिष्णु परीयार, साप्रामा गोली लागेको, अबस्था मध्यम,

३) जिल्ला रुपन्देही सैनामैना न.पा. ८ बस्ने बर्ष ३२ को संतोष बिक, खुट्टामा गोली लागेको, अबस्था मध्यम,

४) जिल्ला पाल्पा तिनाउ गा.पा. २ बस्ने बर्ष १९ को समिर थापा, कुर्कुचामा गोली लागेको, अबस्था सामान्य,

५) जि:रुपन्देही बुटवल उ.म.न.पा.१३ बस्ने बर्ष ३४ को टुक बहादुर बुढाप्रिती, घाँटीमा सामान्य काटेको,

६) जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.१७ बस्ने बर्ष ६२ को ज्ञान बहादुर गुरुङ, हातमा काटेको, सामान्य,

७) ऐ.ओमसतीया गा.पा.३ बस्ने बर्ष ६३ की मनरुमा झा, टाउकोमा चोट, अबस्था सामान्य,

८) जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.११ बस्ने बर्ष २२ को सुजन थापा, टाउकोमा चोट, अबस्था सामान्य,

९) ऐ.२ बस्ने बर्ष ३४ को सुजन परीयार, साप्रामा काटेको, अबस्था सामान्य,

१०) ऐ.११ बस्ने बर्ष ५२ को त्रीचन्द्र कुर्मी, आंखाको परेलामा चोट, अबस्था सामान्य,

११) जिल्ला अर्घाखाची बलकोट गा.पा. २ बस्ने बर्ष २४ को मेघराज कुमाल, सामान्य,

१२) जिल्ला पाल्पा रिब्दीकोट गा.पा. २ बस्ने बर्ष ४३ को भीम बहादुर कार्की ,दाहीने खुट्टामा गोली लागेको अबस्था मध्यम,

१३. जिल्ला दाङ हापुर १ बस्ने बर्ष ३१ को मेघ बहादुर रोक्का क्षेत्री अवस्था सामान्य कानमा चोट उपचार भईरहेको ।

मेडिकल कलेज भैरहवामा उपचार हुदै

१) जिल्ला गुल्मी घर भएको वर्ष ३२ को जंग ब. परियार छातीमा चोट अबस्था सिरियस

२) जिल्ला पाल्पा घर भएको वर्ष ३५ को गंभिर सिह डिसा पेटमा चोट अबस्था सिरियस

३) जिल्ला न.प. पश्चिम प्रतापुर गा.पा.-६ घर भएको वर्ष २२ को सर्बेस केवट पेटमा चोट अबस्था मध्यम

४) जिल्ला पाल्पा तानसेन न.पा. १ बस्ने बर्ष ३८ को प्रेम कामी, पेटमा चोट लागेको, अबस्था सिरियस, ऐ.१६३५ बजे मे.क. भैरहवा रिफर ।

Published : Sunday, 2021 October 10, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया