आक्षेप लागेका हमालले कम्युनिस्टका सामु उच्च नैतिकता देखाए, राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न आग्रह गरेका थिए । हमालले देउवाको आग्रहलाई स्वीकार गरेर राजीनामा बुझाएका हुन् ।

विभिन्न संचार माध्याममा आएका समाचार र कानूनविदहरूले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा दिएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू र म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरूमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा भनका छन् ।

हमालले भने, ‘हाल विभिन्न संचारमाध्यायमहरूमा संप्रेसित समाचार तथा कानूनविदहरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको र यस्ता समाचारले आफ्नो वर्षौसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्ययन भएको बोध भएको छ ।’

‘तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु’, उनले भनेका छन् ।

हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरिसक्नु भएको छ ।

हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरूमा बसेर काम गरिसकेका छन् ।

Published : Sunday, 2021 October 10, 10:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया