अमृता अग्रहरीद्वारा उपेन्द्र यादवको हर्कतको भण्डाफोर

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)की नेतृ एवम् प्रतिनिधि सभाकी सांसद अमृता अग्रहरीले पार्टी अध्यक्ष उपेन्द्र यादवले मन्त्री बनाउदा गरेको गल्ती सुधार गर्नुपर्ने बताएकी छिन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार अन्तर्वार्ताका क्रममा नेतृ अग्रहरीले उपेन्द्र यादवले एउटा जातलाई मात्रै अवसर दिएर पार्टी कब्जा गरेको बताइन् । उपेन्द्र यादवले मन्त्री सिफारिस गर्दा क्षेत्रीयतामा पनि ध्यान नदिएको उनले बताइन् ।

‘मलाई विभेद भएको छ । एउटा समुदायलाई मात्रै अगाडि सारेर पार्टीको मूल्य मान्यता रहँदैन’, अग्रहरीले भनेकी छिन्, ‘मलाई मन्त्री बनाएको भए काम गर्ने थिएँ ।’

उनले भनेकी छिन्, ‘उपेन्द्र यादवले गल्ती गर्नुभएको छ । त्यो गल्ती र त्रुटि सच्याउनुपर्छ । पार्टीको हित गर्नको लागि उपेन्द्रजीले गल्ती सच्याउनुपर्छ । भुगोल हेरेर मन्त्री बनाउनु पर्ने थियो ।’

‘म्याण्डेट विपरित मन्त्री सिफारिस गरिएको छ’, उनले चेतावनी शैलीमा भनेकी छिन्, ‘उपेन्द्र यादवजीले गल्ती सच्याउनुपर्छ । होइन भने परिणाम उचित हुँदैन ।’

अध्यक्ष उपेन्द्र यादवले आफ्ना गुटका नेताहरू त्यो पनि यादव जातका नेताहरूलाई मात्रै मन्त्री बनाएपछि जसपाभित्र बबण्डर मच्चिएको छ ।

Published : Sunday, 2021 October 10, 10:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया