गजेन्द्र हमालबारे प्रचण्डको खुलासाले कांग्रेसभित्र खुसीयाली

भरतपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानकै व्यवस्थानुसार गजेन्द्र हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेको बताएका छन् ।

गृहजिल्ला चितवनको भरतपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा दाहालले भने, ‘सांसद नभएका व्यक्ति पनि मन्त्री हुनसक्ने व्यवस्था छ, उहाँ कांग्रेसको कोटाबाट मन्त्री भएकाले अनावश्यक चर्चा गर्नु आवश्यक छैन ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सिफारिसबाट हमाल मन्त्री बनेको भनेर आएका प्रश्नका विषयमा दाहालले यस्तो स्पष्टीकरण दिएका हुन् ।

माओवादी अध्यक्ष दाहालले नेपाली कांग्रेसका जिल्ला सभापति भइसकेका व्यक्ति भएकाले हामालमाथि अनावश्यक चर्चा गर्नु कु–तर्क भएको बताएका छन् ।

‘संसद विघटनबाटै नेपालमा सेटिङ भन्ने शब्द खुब चर्चामा छ’, माओवादी अध्यक्ष दाहालले भने, ‘कसैलाई फेरि यही भन्न मन लाग्यो होला तर त्यस्तो होइन ।’

हमाललाई प्रधानन्यायाधीश राणासँग जोडेर सेटिङमा मन्त्री बनाएको भनेर आरोप लागेका बेला माओवादी अध्यक्ष दाहालले कांग्रेसको कोटामा मन्त्री बनाएको र लोकतान्त्रिक आन्दोलनमा योगदान रहेको बताएका हुन् ।

बाँके जिल्लाको तीन पटक सभापति बनेका हमाल कांग्रेसको राजनीतिमा कोइराला परिवारबाट सबैभन्दा धेरै पीडित नेता हुन् ।

सुशील कोइराला र हमालबीच ठूलो टसल थियो । गिरिजाप्रसाद कोइरालाको छत्रछायाँमा बसेका सुशील कोइरालाले गजेन्द्र हमाललाई बाँकेको पार्टी सभापति हुँदा ठूलो असहयोग गरेका हुन् ।

हमाल मन्त्री बनेको सबैभन्दा धेरै कोइराला परिवारभित्र शेखर कोइरालालाई मन परेको छैन । शेखरले सबैभन्दा धेरै हमालको विरोध गरेका छन् ।

छुद्र ब्यवहार देखाउँदै आएका शेखरले सभापति समेत रहेका प्रधानमन्त्री देउवाको बद्नाम गर्न आफूलाई केन्द्रित बनाउँदै आएका छन् ।

Published : Saturday, 2021 October 9, 1:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया