देउवाले ठूलो छाती बनाएर सुनाए बाध्यता, कुरा सुनेपछि कार्यकर्ताहरूको मन छोयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको बताएका छन् ।

शनिबार बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा देउवाले भन्दै महत्वपूर्ण साथीहरूलाई मन्त्री बनाउन नसकेकोमा दुःख लागेको बताएका हुन् ।

देउवाले विस्तारित मन्त्रिपरिषदमा पार्टीभित्रका महत्वपूर्ण नेतालाई समेट्न नसकिएको बताउँदै यो आफ्नो बाध्यता भएको बताएका छन् ।

उनले गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरूलाई पनि अवसर दिन नसकेको बताए ।

गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भन्दै प्रधानमन्त्री देउवाले यो बाध्यतालाई बुझ्नुपर्ने बताएका छन् ।

अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत प्रधानमन्त्री देउवाले आश्वासन दिएका छन् ।

प्रधानमन्त्री देउवाले तीन महिनापछि शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषदमा राम्रा नेताहरू छुटेको भनेर गुनासा आएका बेला देउवाले सो कुरा स्वीकार गरेका छन् ।

Published : Saturday, 2021 October 9, 12:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया