गृह मन्त्री बन्न पार्टी र सांसद छाड्ने थापा हार्ने सम्भावना, माधवका कुराले कालोनिलो भए, दुई दिनमा हैसियत देख्ने

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उप–निर्वाचनमा आफ्नो समर्थन खिमलाल देवकोटालाई रहेको बताएका छन् ।

नेता नेपालले गृहमन्त्री रामबहादुर थापासँगको भोटमा आफूले राष्ट्रिय सभा निर्वाचनमा खिमलाल देवकोटालाई सहयोग गर्ने बचन दिइसकेको बताए ।

राष्ट्रिय सभाको मतदान हुनुभन्दा दुई दिन अगाडि गृहमन्त्री थापा नेता नेपालसँग भोट माग्न कोटेश्वरस्थित निवासमा मंगलबार पुगेका थिए ।

नेता नेपालको जवाफ सुनेपछि थापा निराश भएर फिर्ता भएका छन् । नेपालको जवाफले गृहमन्त्री थापाले ठूलो तनाब भोग्नु परेको छ । अर्को कुनै उत्पात भएन भने थापाले पराजय भोग्न निश्चित सरह छ ।

राष्ट्रियसभाको उप–निर्वाचनमा आफूलाई सहयोग गर्न थापाले नेपालसँग अनुरोध गरेका थिए ।

एमालेका वरिष्ठ नेता नेपालले आफूले खिमलाल भट्टराईलाई अगाडि सारेको भन्दै अहिले आएर बेइमानी गर्न नसक्ने जवाफ थापालाई दिएका हुन् । नेपालले थापालाई सहयोग गर्न नसकिने जवाफ दिएपछि थापा तनाबमा परेका छन् ।

प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय सभाको उप–निर्वाचनमा थापालाई उम्मेदवार बनाएका छन् । ओलीले पनि नेता नेपालसँग थापालाई सहयोग गर्न अनुरोध गरिसकेका छन् । नेपालले ओलीको अनुरोधलाई पनि स्वीकार नगरेको एमालेका एक नेताले बताए ।

गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले फेसबुकमार्फत एमालेका वरिष्ठ नेता नेपालले थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको दाबी गरेका छन् ।

जेठ ६ गते बाग्मती प्रदेशमा राष्ट्रियसभाको उप–निर्वाचन हुँदैछ । उप–निर्वाचनमा माओवादी केन्द्र, नेपाली कांग्रेस र माधव नेपाल समूहले खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।

देवकोटलाई एमालेका वरिष्ठ नेता झलनाथ खनालको पनि सहयोग छ । देवकोटा बलियो उम्मेदवारको रुपमा उत्रिएका छन् ।

माओवादी छाडेर एमालेमा प्रवेश गरेका थापालाई कारबाही गरेपछि राष्ट्रिय सभाको सांसद पद खोसिएको थियो । थापाको व्यक्तिगत स्वार्थका कारण राष्ट्रिय सभामा उप–निर्वाचन हुँदैछ ।

अहिले फेरि थापा राष्ट्रिय सभाको उप–निर्वाचनमा उम्मेदवार बनेर भोट माग्दै छन् । थापाका कारण राज्यलाई उप–निर्वाचन गराउने करीव डेढ करोड रुपियाँ नोक्सान हुँदैछ ।

Published : Tuesday, 2021 May 18, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया