एमालेको पाप धुरीबाट करायो, कांग्रेस राम्रो पार्टी भएको ओलीकै सांसदले ओकले

काठमाडौं । सत्तारुढ एमालेका नेता एवम् बाग्मती प्रदेशका सांसद केशव स्थापितले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर आफूलाई पश्चातप लागेको बताएका छन् ।

एउटा युट्युब च्यानलसँगको अन्तर्वार्तामा नेता स्थापितले नेपाली कांग्रेसलाई नभएको आरोप लगाएर प्रोपोगाण्डा गरेर भट्टराईलाई हराएर विद्या भण्डारीलाई जिताएको बताएका छन् ।

‘कृष्णप्रसाद भट्टराई र कांग्रेसको उट्पट्याङ होइन । हामीले चिर्दै चिर्दै ल्याएर जिताएका हो । त्यसको एउटा मूल नायिके म हो’, उनले भने, ‘कृष्णप्रसाद भट्टराईले नहराएको भए हुन्थ्यो कि भन्ने लाग्छ । फेरि विद्या भण्डारीलाई जिताउनै पर्ने मेरो पार्टीको निष्कर्ष छ नि ।’

उनले भने, ‘तत्कालीन समयमा कृष्णप्रसाद भट्टराईसँग हाम्रो कहाँ तुलाना हुन्थ्यो र ? उहाँको त्याग, समर्पणसँग तुलनानै हुँदैन नि । हामी त उहाँको अगाडि अप्रमाणित मान्छे हो नि । उहाँ त प्रमाणित मान्छे हो नि ।’

उप–निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट तत्कालीन समयमा कांग्रेस नेता भट्टराईसँग भण्डारीले प्रतिस्पर्धा गरेकी थिइन् । उप–निर्वाचनमा भट्टराई पराजित भएर भण्डारी निर्वाचित भएकी थिइन् । उनलाई जिताउन स्थापितको ठूलो भूमिका थियो ।

‘मोर्चामा रहँदा हामी चुनाव जित्दैनौँ कि लाग्यो । त्यो गरेकोमा मलाई पश्चातप छ । त्यो नगरेको भए लाग्यो’, स्थापितले भने, ‘उहाँमाथि रंग छ्यापेको, रगत छ्यापेको त्यो केही पनि भएको होइन । त्यो भएकै होइन ।’

उनले भनेका छन्, ‘मैल गरेको के हो भने त्यो छ टुक्रे २० बाई ३० को आठ टुक्रे पोस्टर पशुपति अगाडि लगाएको हो । जात्राको दिनमा । त्यसको सबै दोष मैले जिम्मा लिन्छु ।’

‘विद्यादेवी भण्डारीको उउटा घुम्टो लगाएको फोटोमा त्यो कालो रंगले छ्यापेको आठ टुक्रा है । जोडेर । जनताकी छोरी विद्या भण्डारी । अरु केही थिएन’, स्थापितले भने, ‘भोट हालौँ भन्ने पनि थिएन । एउटा ‘सूर्य’ थियो । त्यसमा फ्लोसेन्ट पेन्ट थियो ।’

उनले भने, ‘फ्लोसेनट पेन्ट भनेको राति चम्किन्छ । बत्ति पर्‍यो कि चम्किने । साँझ, राति मान्छे भेला हुने बेला बत्ति बलेपछि आकर्षक देखाउनु प¥यो भन्ने हो ।’

‘पोष्टर टाँसेपछि राति मैले त्यसमा गोबर हान्न लगाएको । म आफैले । म आफैले गरेको हुँ । मसी छर्न लगाएको हुँ । म आफैले गरेको हुँ’, उनले भने, ‘यो कुरा ३ जना मान्छेलाई मात्रै थाहा छ । हामीले छर्‍यौँ । भोलिपल्टको कार्यक्रममा उद्घोषक म भएर यो के गरेको नेपाली कांग्रेस ? किन गोबर हानेको ? भनेर ईष्यु मैले उठाएको हो ।’

‘यो रगत किन छ्यापेको भन्ने पनि मै हुँ । यसलाई चुनाव क्षेत्रभरिमा यस्तो गर्न नहुने काम नेपाली कांग्रेसले गरे भनेर भनेको हुँ’, एमालेका नेता स्थापितले भने, ‘पोष्टरमा रंग छ्यापेर नेपाली कांग्रेस हारिसक्यो, मानसिक रुपमा पराजित भयो है भन्ने, कुकर्म गर्ने मै हुँ । यो खुरापात गर्ने मै हुँ ।’

उनले भने, ‘यसैलाई कसैले विद्यामाथि रगत छ्याप्ने काम भयो रे ! यस्तो भयो रे ! भनेर जुन कुरा भने त्यो भएकै होइन । त्यसमा विद्या भण्डारी पनि संलग्न छैन ।’

‘पार्टी पनि संलग्न छैन । अरु पनि संलग्न छैन । गर्ने मै मात्र हो । मेरो पार्टीको धर्मपत्नी विद्यादेवी भण्डारी हार्न लाग्यो भन्ने मलाई भयो । मेरो निष्कर्षले । जिताउनै पर्छ भन्नेपछि राजनीतिमा त्यो बेला सत्ताको दमन हामीलाई थियो नि ?’, स्थापितले प्रश्न गर्दै भने ।

‘त्यो दमनको प्रतिरोधमा पोष्टर टाँस्ने । फ्लोरोसेन्ट लगाउने । लाइट परेपछि झिलिली देखिन्छ । जनताकी छोरी विद्या भन्या छ । आठ टुक्राको त्यस्तो पोस्टर कसैले प्रयोग गरेन’, उनले भने, ‘मेरो निर्णयले छापेको हो । मैले गोर हान्न लगाएको हो । मैले रंग छ्याप्न भनेको हो ।’

‘मैले नै माइक समाएर भनेको हो । निर्वाचन क्षेत्रभरि विद्याको पोस्टरमाथि, विधवामाथि रंग छ्याप्ने काम यस्तो पनि गर्ने हो ? भन्ने पनि मै हो’, उनले भने, ‘दोष पनि मैले लिन्छु । त्यो कारणले जितेको हो । त्यसको श्रेष्य अलिकत म पनि लिन्छु नि !’

एमालेका नेता स्थापितले भने, ‘केही मान्छेले मेरोविरुद्ध विद्यादेवी भण्डारीको कान फुकेको छ । विद्या भण्डारीको कान फुक्ने काम कसैले नगरेपनि हुन्छ । नचाहिने काम गरेर जिताएको हो के उहाँलाई । त्यो बेला हारेकै हो ।’

‘एउटा भाषणमा ‘मेरो साडी कात्रो हो’ भन्ने अभिव्यक्ति मेरो हो । चाबहिलको सभामा यो नेपाली कांग्रेस विधवा भन्ने, एकमुठे भन्ने, भन्दैभन्दै यो मैले लगाएको साडी कात्रो हो भन्ने त्यो भिजुअल खिच्ने म हो’, उनले भने ।

‘त्यसको क्यासेट निकाल्ने म हो । किरण सायमीजी स्ट्याण्डबाइ बसेर सभा सकेको एक घण्टाभित्र क्यासेट बेच्न थालेर चुनाव क्षेत्रभित्र प्रचार गरेको हो’, उनले भनेका छन् ।

कांग्रेसलाई अहिले मात्रै होइन एमाले भन्ने पार्टीले जालझेल गरेर जित्दै आएको स्थापितले खुलासा गरेका छन् । कांग्रेसविरुद्ध षड्यन्त्र गर्ने एमालेको पाप धुरीबाट कराएको छ । अहिले आएर एमालेका नेता स्थापितले सबै कुराको खुलासा गरेका छन् ।

Published : Tuesday, 2021 May 18, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया