कम्युनिस्ट सरकारका मन्त्री चढेको गाडी सिंहदरबारमा दुर्घटना, ज्यान बच्यो

काठमाडौं । काठमाडौंमा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङ सवार सरकारी गाडी दुर्घटनामा परेको छ ।

सोमबार सिंहदरबारको मूल गेटमा मन्त्री आङबुहाङ चढेको को अ झ ६९९ नम्बरको गाडीसँग र नागरिक उड्डयन मन्त्रालयका उप–सचिव गुरु खतिवडा सवार बा २ झ १९६१ नम्बरको गाडी ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मन्त्री आङबुहाङको गाडीले संकेत नदिएर सडकको वीचबाट देब्रे मोडेर सिंहदरवारको मूल गेटबाट छिर्न खोज्दा पछाडिबाट आउँदै गरेको उप–सचिवको गाडी ठोक्किएर क्षति पुगेको छ ।

उप–सचिव खतिवडाले चलाएको बा २ झ १९६१ नम्बरको गाडीको अगाडिको बम्पर क्षतिग्रस्त भएको छ ।

मन्त्री सवार गाडीले ट्राफिक नियम मिचेर गाडी चलाई सिंहदरबारतिर छिर्न खोज्दा उप–सचिव सवार गाडी ठक्कर खाई क्षति पुगेको छ ।

ट्राफिकले दुबै गाडीलाई नियन्त्रणमा लिएको छ । चालकहरूलाई भने पक्राउ गरेको छैन । सर्वसाधारणले यसरी दुर्घटना गरेको भए ट्राफिक प्रहरीले पक्राउ गरेर चालकहरूलाई हिरासतमा राख्ने थियो ।

पावरका अगाडि ट्राफिक प्रहरी डराएर दुबैलाई छाडेको भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

प्रदेश १ मा एमालेको कम्युनिस्ट सरकार छ । मुख्यमन्त्री एमालेका नेता शेरधन राई छन् ।

Published : Monday, 2021 May 17, 2:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया