सांसदहरू गायब बनाएको आरोप लागेका महेश बस्नेतलाई प्रहरीले यसरी गर्न थाल्यो चाकडी

काठमाडौं । सांसदहरूको अपहरण गरको आरोप खेप्दैै आएका सत्तारुढ एमालेका नेता एवम् प्रतिनिधि सभाका सांसद महेश बस्नेत एक महिनादेखि चर्चामा छन् ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली निकट मानिने बस्नेतलाई तत्कालीन संघीय समाजवादी पार्टी, नेपालका सांसद सुरेन्द्र यादव, गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का १६ जना सांसदलाई अपहरण गरेको आरोप छ । तर, बस्नेतले आफूले सांसदको अपहरण नगरेको भन्दै सफाइ दिँदै आएका छन् ।

एमालेका नेता बस्नेतले अपहरणको आरोप अस्वीकार गरे पनि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जसपाका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराईले सांसद अपहरण गरेको आरोप लगाउँदै आएका छन् ।

बस्नेतले एमालेकै सांसद किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आईजीप सर्वोन्द्र खनालले सांसद सुरेन्द्र यादवलाई महोत्तरीको जलेश्वरबाट अपहरण गरेको आरोप छ ।

ओलीको सरकार ढल्न लागेपछि नेता बस्नेतले नै सांसदहरू अपहरण, खरिद बिक्री गरेर संख्या पुगाइदिने गरेको आरोप छ । ओलीको सरकार र गण्डकी प्रदेशको सरकार बस्नेतले नै बचाइदिएको चर्चा एमालेभित्र छ ।

पूर्वमन्त्री समेत रहेका बस्नेतको एमालेभित्र अलिक धेरै चर्चा हुन थालेको छ ।

सत्तारुढ दलका नेता बस्नेतलाई प्रहरीले पनि चाकडी गर्न थालेको रहस्य खुलेको छ । बस्नेतलाई आइतबार एउटा कार्यक्रमपछि गाडीमा चढ्ने बेला प्रहरीले ढोका खोलेर चढ्न सहयोग गरेका छन् ।

बस्नेत कुनै बहालवाला मन्त्री होइनन् । बस्नेतलाई प्रहरीले कुन हैसियतमा गाडीको ढोका खोलेर सलुट हानेर गाडीमा चढाएको हो प्रश्न उठेको छ ।

प्रधानमन्त्री ओलीको सरकार बचाइदिएका कारण प्रहरीले चाकडी बजाउन गाडीको ढोका खोल्नेदेखि लगाउने कार्यहरू उचित होइन भनेर आलोचना भएको छ ।

पूर्वमन्त्रीहरूको अंगरक्षक केही समय अगाडि गृहमन्त्रालयले तानेको थियो । ओलीसँग निकट रहेका र पावर हुने एमालेका नेता, व्यापारीहरूलगायतले पहुँचका आधारमा अंगरक्षक लिएका समाचार पनि आएका छन् ।

बस्नेतले अंगरक्षक लिएका छन् वा छैनन् केही भनिएको छैन । तर, बस्नेत गाडी चढ्दै गर्दा प्रहरीले ढोको खोलेको कार्यले बस्नेत र प्रहरीको हर्कतमाथि प्रश्न उठेको छ ।

Published : Monday, 2021 May 17, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया