उपेन्द्र यादवको फैसलाले महन्त–राजेन्द्रको सातो गयो

काठमाडौं । जनाता समाजवादी पार्टी, नेपाल (जसपा)ले संसदीय दलको नेता चयन नगरेको जनाएको छ ।

जसपाले शनिबार विज्ञप्ति जारी गरेर संसदीय दलको नेताबारे कुनै पनि निर्णय नगरिएको बताए ।

‘पार्टी संसदीय दल हालसम्म समायोजन नभएको साथै दलको विधान समते नबनेको तथा जनता समाजवादी पार्टी, नेपालको आन्तरिक विधान– २०७७ को धारा २८ को उपधारा (३) बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्ने अनिवार्य व्यवस्था बमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदन समेत नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकोले उक्त समाचार भ्रमपूर्ण रहेकोले सम्बन्धित सबैमा जानकारीसहित स्पष्ट गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संसदीय दलको बैठक वैशाख १ गते सम्पन्न भई सो बैठकले पार्टीको संसदीय दलको नेता चयन भयो भिन विभिन्न सञ्चार माध्ययम र सामाजिक सञ्जालमा समेत समाचारहरू सम्प्रेषण भएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

जसपाका अध्यक्ष महन्त ठाकुरले राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएका थिए ।

एमालेका नेता महेश बस्नेतको उपस्थिति डोलेश्वर रिसोर्टमा बसेको ठाकुर समूहले महतोलाई दलको नेता बनाएपछि अध्यक्ष उपेन्द्र यादवले विरोध जनाएका छन् ।

यादवले जसपाको आन्तरिक विषयमा एमालेका नेता महेश बस्नेतले दलको नेता बनाएको भनेर असन्तुष्टि जनाएका छन् ।

Published : Saturday, 2021 May 15, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया