माधव नेपालाई सिंहदरबारमा ओलीद्वारा अपमान, मसी सुक्न नपाउँदै नेताहरू जिल

काठमाडौं । एमालेभित्रको विवाद समाधान गर्न कार्यदल बनाउने सहमति भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार साँझ भएको खड्गप्रसाद ओली र माधव नेपालसहितका दोस्रो वरीयताका नेताहरूको बैठकमा कार्यदल बनाएर सहमति खोज्ने निर्णय भएको नेताहरूले बताएका छन् ।

एमालेलाई माओवादीसँग एकता गर्नु अगाडि ०७५ जेठ २ कै अवस्था पुर्‍याउने सहमति भएको बताइएको छ । माओवादी छाडेर आएका २३ नेताहरूलाई पनि त्यसैमा समेट्ने सहमति भएको छ ।

ओली–नेपाल समूहबाट पाँच–पाँच जनाको साथमा शीर्ष तहमा भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ ।

यसैबीच । वार्तामा दुवै पक्षका धेरै नेताहरूको सहभागिता रहेको थियो । ओलीले वार्ताका क्रममा वरिष्ठ नेता नेपाललाई आफ्नो कुर्सीभन्दा अलग राखेका छन् ।

बालुवाटारका बैठकहरूमा नेपाललाई ओलीले नजिकै कुर्सी राखेर बैठक गर्ने गरेका थिए । वार्ताका क्रममा शुक्रबार ओलीका लागि अलग्गै सबैको अगाडि सोफा राखिएको थियो ।

वरिष्ठ नेता नेपाल र अन्य नेताहरूका लागि ओलीको अगाडि तेर्सो बनाएर सोफा राखिएको थियो । ओली नजिकै देब्रेतर्फ पहिलो सिटमा माधव नेपाल बसेका छन् । सबै नेता बसेको सोफाको रङ भने एउटै छ ।

दाहिनेतर्फ पहिलो सिटमा ईश्वर पोखरेल छन् । माधव नेपालतर्फ भीम रावल छन् । पोखरेलतर्फ रामबहादुर थापा बसेका छन् । त्यसपछि क्रमैसँग अन्य नेताहरू बसेका छन् ।

एमालेको नवौँ महाधिवेशनमा नेपाल ओलीसँग पराजित भएका थिए । ओलीपछि वरीयतामा झलनाथ खनाल थिए । त्यसपछि मात्रै नेपालको वरीयता थियो । एमालेमा खनाल–नेपाल दुवैलाई वरिष्ठ नेताले सम्मान गरिन्छ ।

तत्कालीन नेकपामा पनि कुर्सी व्यवस्थापनलाई लिएर विवाद हुने गरेको थियो । त्यसबेला तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अन्य नेताहरूसँग राखेर आफू अलग्गै बसेको भन्दै ओलीको आलोचना हुने गरेको थियो ।

नेता नेपालले सार्वजनिक कार्यक्रमहरूमा ओलीले कुर्सी अलग राखेको भनेर आलोचना समेत गर्ने गरेका थिए । शुक्रबार सिंहदरबारको बैठकमा ओली आफू राजा जस्तै गरेर अलक सोफा राखेर बसेका थिए । वरिष्ठ नेता नेपाललाई अन्य नेताहरू बस्ने ठाउँमा राखेका थिए ।

Published : Friday, 2021 May 14, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया