ओलीले देखाए दादागिरी, सबैका सामू राष्ट्रपतिलाई हप्काए, सपथ फेरि लिनुपर्ने

काठमाडौं । राष्ट्रपतिसँग सपथ लिने क्रममा कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले सपथ बिगारेका छन् ।

शुक्रबार शीतल निवासमा सपथ लिने क्रममा ओलीले सपथ विगारेका हुन् । सपथ विगारेपछि सामाजिक सञ्जालसहित समाचारहरूमा ओलीको आलोचना भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी सपथका क्रममा ओलीका सामु निरिह बनेको भनेर सबै आश्चर्य चकित परेका छन् ।

ओलीले प्रधानमन्त्रीका रुपमा सपथ लिँदा राष्ट्रपति भण्डारीसँग गरेको व्यवहार असहज भनेर टिप्पणी भएका छन् ।

भण्डारीले ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु…’ भन्दै थिइन् । ओलीले भण्डारीलाई बीचमा रोक्दै त्यो पर्दैन भनेर अपमान गरेका छन् ।

सपथका क्रममा ओलीले ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठ पूर्वक’ सम्ममात्रै भनेका छन् । ओलीले सपथमा ‘प्रतिज्ञा गर्छु’ भनेका छैनन् ।

ओलीले राष्ट्रपतिको पदीय मर्यादालाई ‘त्यो पर्दैन’ भन्दै टारेर ट्रोल बनेका छन् । ओलीको भनेको ‘त्यो पर्दैन’ भन्ने भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ओलीको कुरा सुनेपछि राष्ट्रपति भण्डारीले हाँस्दै सपथका अन्य शब्दहरु अगाडि बढाएकी थिइन् ।

ओलीले कम्युनिस्ट प्रधानमन्त्रीका रुपमा शुक्रबार तेस्रो पटक सपथ लिएका छन् ।

वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले ओलीलाई प्रधानमन्त्री पदको सपथ पुनः लिन सुझाव दिएका छन् ।

‘प्रधानमन्त्री ज्यू संविधानप्रतिको आस्था जीवित राख्न भोलि फेरि सपथ लिनुस’, अधिवक्ता पोखरेलले भनेका छन्, ‘अमेरिकी राष्ट्रपति ओवामाले पनि सपथमा त्रुटी भएका कारण दोहोर्‍याएर सपथ लिएको इतिहास छ ।’

सपथ विगारेकै कारण तत्कालीन उप–राष्ट्रपति परमानन्द झाले पनि दोहो¥याएर सपथ लिएका थिए ।

Published : Friday, 2021 May 14, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया