ओलीले प्रधानमन्त्रीमा सपथ लिने तयारी गरेका बेला ठाकुर समूहको झड्का लाग्ने हर्कत

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल –जसपा)का नेता सर्वेन्द्रनाथ शुक्लाले केपी ओलीको सरकारलाई बाहिर बसेर समर्थन गर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा नेता शुक्लाले ओलीले जसपाका मागहरू सबै पूरा गरेपछि मात्रै सरकारमा सहाभगी हुने बताए । उनले सबैलाई मिलाएर मात्रै सरकारमा सहभागी हुने बताएका छन् ।

‘सरकारमा अहिले सहभागी हुँदैनौँ । बाहिर बसेर सहयोग गर्ने छौँ । सबैलाई समेट्नुपर्छ । अहिले कुर्सीको लागि कुद्ने होइन’, उनले भनका छन् ।

‘सत्ताको दौडमा शेरबहादुर देउवासँग सामेल भएनौँ’, उनले भने, ‘चुनावी सरकार बन्यो भने जसपाले सहयोग गर्न सक्छ । सरकारमा जान्छ ।’

‘ओलीसँग बिहीबार ३ घण्टा वार्ता भएको हो । हाम्रो पुरानो अडान यथावत छ । एक महिनापछि के गर्ने गरौँला । सबै माग पूरा भयो भने सरकारमा जान सकिन्छ’, उनले भने ।

‘चुनावी सरकार बन्यो भने जसपाले सहयोग गर्छ । चुनाव हुनुपर्छ’, जसपा नेता शुक्लाले भने, ‘चुनावबाट ओलीलाई हटाउनुपर्छ । पार्टीलाई विभाजनबाट रोक्नुपर्छ । अहिलेसम्म जसपालाई फुट्नबाट रोकका छौँ ।’

नेता शुक्ला जसपाका अध्यक्ष महन्थ ठाकुर निकटका हुन् । प्रधानमन्त्री ओलीले शुक्रबार सपथ लिने तयारी गरिरहेका बेला नेता शुक्लाले जसपा सरकारमा सहभागी नहुने बाहिर बसेर समर्थन गर्ने बताएर सबैलाई चकित तुल्याइदिएका छन् ।

ओलीले आफूले सपथ लिँदै गर्दा जसपाको ठाकुर समूहका केही सांसदलाई मन्त्री बनाउने तयारी गरिरहेका छन् । तर, शुक्लाको यो अभिव्यक्तिले ओलीलाई झड्का लागेको छ ।

Published : Friday, 2021 May 14, 8:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया