एमालेले जस्तो सांसद खरिद गरेर कांग्रेसले सरकार नबनाउने, बुढानिलकण्ठमा कम्युनिस्ट जल्ने निर्णय

काठमाडौं । एमालेले जालझेल, अपहरण, सांसद खरिद बिक्री, लोभलालचको राजनीति शुरु गरेपछि नेपाली कांग्रेसले सरकार बनाउने खेलबाट हात झिकेको छ ।

सरकार बनाउन कांग्रेस आफैसँग बहुमत छैन । बहुमतको लागि प्रयास गरेको थियो ।

बुढानिलकण्ठका बिहीबार बसेको पदाधिकारी बैठकले बहुमत नपुग्ने भन्दै सरकारमा दाबी नगर्ने निर्णय गरेको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले बहुमतको सरकार बन्न सक्ने वातावरण नभएको पदाधिकारी बैठकलाई जानकारी गराएका छन् ।

देउवाले महन्थ ठाकुरले कांग्रेसको नेतृत्वमा सरकार बनाउन नमानेको बताएका छन् ।

ओलीले सदनको विश्वासको मत गुमाइ सकेपछिका दिनमा बहुमतको सरकार बनाउने क्रममा कांग्रेसले बडो जिम्मेवार ढङ्गबाट प्रस्तुत भएको छ । कांग्रेस यस पटक कहीं कतै चुकेन ।

कांग्रेसले सरकारमा जान कै लागि अनावश्यक सम्झौता गरेन । यसले ठूलो हदसम्म भ्रष्ट र सम्झौता परस्त राजनीतिलाई निर्मलिकरण गर्न सहयोह पराउनेछ नै ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदले राजीनामा नगर्ने अवस्थामा पुगेको भन्दै देउवाले जनता समाजवादी पार्टी (जसपा) एक भएर नआएकाले बहुमतको सरकार बन्ने सम्भावना सकिएको देउवाले बताएका छन् ।

देउवाले छोटो समयका लागि कमजोर सरकार बनाउने झन्झटतिर लाग्न नहुने धारणा बैठकमा राखेका छन् ।

देउवाले भने, ‘जसपा मिलेर आउँदा कांग्रेसको नेतृत्वमा सरकार बनाउन म तयार भएकै हो ।’

प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत पाउन नसकेपछि एमालेको सरकार ढलेको थियो । त्यसपछि सरकारमा दाबी गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिम समय दिइएको थियो । त्यो समय बिहीबार रातिदेखि समाप्त हुँदैछ ।

यसअघि, सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादवका साथै महन्थ ठाकुर र राजेन्द्र महतोसँग अलग–अलग भेटवार्ताहरू गरेका थिए ।

Published : Thursday, 2021 May 13, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया