अक्सिजन नपाएर जनता मरिरहेका बेला विवादास्पद व्यापारीको घरमा ओली–नेपालको वार्ता, कुरा मिल्यो

काठमाडौं । एमालेका अध्यष समेत रहेका कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको वार्ता वार्ता सकारात्मक भएको छ ।

काठमाडौंको चपली हाइटस्थित विवादास्पद व्यापारी रामेश्वर थापाको घरमा ओली र नेपालबीच भएको वार्तामा सहमति भएको हो ।

वार्ताका लागि व्यापारी थापाले व्यवस्था मिलाइदिएका थिए । थापाले हेलिकप्टर, जग्गा लगायतको कारोबार गर्छन् ।

वार्तापछि सम्वाददाताहरूसँग कुरा गर्दै नेता नेपालले २०७५ को जेठ २ गते फर्किनेबारेमा ओली सकारात्मक देखिएको बताएका छन् ।

वार्ता सकारात्मक भएकाले आफूनिकट २० जना सांसदले दिने भनिएको राजीनामा दुई–चार दिनलाई टरेको वरिष्ठ नेता नेपालले बताए ।

नेता नेपाल आफूले राखेको ६ बुँदे प्रस्ताव र २ जेठ ०७५ मा फर्किनेबारेमा छलफल भएको बताए । उनले फेरि वार्तामा बस्ने सहमति भएको पनि बताएका छन् ।

नेपाल समूहले ०७५ सालको जेठ २ गते कै अवस्थामा पार्टीलाई फर्काउनुपर्ने अडान लिइरहेको छ ।

त्यही अडानका बीच नेपाल समूहले समानान्तर गतिविधि चलाएको थियो ।

ओलीले यसअघि बिहीबार बालुवाटारमा एमालेको स्थायी कमिटीको बैठकबाट चार नेताहरू कारबाही फुकुवा गरेका थिए ।

वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

जनताले अक्सिजन नपाएर मरिरहेका बेला ओली र नेपाल भने विवादास्पद व्यापारीको घरघर चहार्दै वार्ता गरिरहेका छन् ।

Published : Thursday, 2021 May 13, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया