माधव नेपालको घरमा फकाउने चम्चाहरूको लावालस्कर, बिहानै को–को पुगे ?

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग तीन जना अधिवक्ताहरूले भेट गरेर सांसद पदबाट सामूहिक राजीनामा नदिन सुझाव दिएका छन् ।

बिहीबार बिहान कोटेश्वरस्थिट निवासमा पुगेर अधिवक्ताहरू शम्भु थापा, टीकाराम भट्टराई र गोविन्द बन्दीले नेपालसँग सामूहिक राजीनामा नदिन अनुरोध गरेको स्रोतले जनाएको छ ।

नेता नेपालले अधिवक्ताहरूलाई के जवाफ दिएका छन् केही भनिएको छैन । अधिवक्ताहरूले सामूहिक राजीनामा नदिन भनेर अनुरोध गर्दा नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकार बनाउन सहज होस् भनेर आफूले सामूहिक राजीनामा दिने आश्वासन दिएको स्रोतको भनाइ छ ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाएर जान चलक देखिएका नेता नेपालले सामूहिक राजीनामा दिएर सरकार बनाउन सहज बनाइदिने अडानमा रहेको चर्चा छ ।

नेपाल समूहका सांसदहरूले सामूहिक राजीनामा दिएर एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई असहयोग गर्ने तयारीमा छन् ।

बिहीबार बिहान एमालेका नेता विष्णु पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका छन् । भेटवमा पौडेलले सामूहिक राजीनामा नदिन अनुरोध गरेको एक नेताले बताएका छन् ।

Published : Thursday, 2021 May 13, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया