गण्डकीमा कांग्रेसलाई रोक्न दुई सांसदले गरे गडबडी, एमालेको अर्को कीर्ते काण्ड, बम्पर उपहार दिने

पोखरा । राष्ट्रिय जनमोर्चाका दुई जना सांसदले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा आफूहरूको समर्थन नरहेको बताएपति राजनीतिले नयाँ मोड लिएको छ ।

जनमोर्चाका सांसदद्वय खिमबिक्रम शाही र कृष्ण थापाले गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखेर कांग्रेसलाई आफूहरूको समर्थन नरहेको बताएका हुन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार आफूलाई कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको दाबीसहित मुख्यमन्त्रीमा नियुक्त गर्न पत्र दर्ता गराएका थिए ।

कांग्रेस नेता नेपालीले पत्र दर्ता गर्नु अगाडि नै जनमोर्चाका सांसदद्वय शाही र थापाले आफूहरूको हस्ताक्षरलाई मान्यता नदिन पत्र बुझाएका थिए ।

कांग्रेसका पोखरेलले ६० सदस्यी प्रदेश सभाका कांग्रेसका १५, माओवादीका (सभामुखसहित) १२, जनमोर्चाका ३ र जनता समाजवादीमा २ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्री नियुक्ति दाबीसहितको पत्र बुधबार प्रदेश प्रमुखलाई बुझाएका थिए ।

त्यसअघि नै मध्याह्न जनमोर्चाका थापाले सरकार गठनका सन्दर्भमा आफू तटस्थ रहेको बताएका छन् । उनले आफू संसदीय दलको नेता रहेको प्रष्ट गरेका छन् ।

जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने सन्दर्भमा आफ्नो समर्थन नरहेको पत्र प्रदेश प्रमुख समक्ष बुझाएका थिए ।

वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा गरेपछि प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि ३ दिनको म्यादसहित आह्वान गरेकी थिइन् ।

बुधबार ४ बजेसम्म त्यसको म्याद थियो । बहुमतको सरकार बन्न नसके संवैधानिकको धारा १६८ को ३ अनुसार अब प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुनेछन् ।

थापालाई संसदीय दलको नेताबाट हटाइएको जनमोर्चाकी सांसद पियारी थापाले संसद सचिवालयमा पत्र दिएकी थिइन् । त्यो कीर्ते र जालसाजी भएको भन्दै संसदीय दल नेता थापाले प्रदेश प्रमुखलाई पत्र दिइसकेका छन् ।

उनलाई कारबाही गरेर सदनमा ५९ सांसद बनाएर बहुमत पुर्‍याउने प्रयास विपक्षी गठबन्धनले गरेको थियो ।

एमालेले गण्डकीमा कांग्रेसको सरकार बन्न नदिन विभिन्न गडबडी गरिरहेको छ । यसअघि कोरोना नलागेका जनमोर्चाका सांसद शाहीलाई कोरोना भएको भन्दै एमालेका सांसद राजिव पहरीको अस्पतालमा भर्ना गरेर कसैलाई भेट्न दिइएको थिएन । यस पटक एमालेले जनमोर्चाका दुई सांसदलाई प्रलोभनमा पारेर कांग्रेसलाई साथ नदिन मोलमोलाइ गरेको चर्चा छ ।

गण्डकीमा एमालेको सरकार बन्ने वित्तिकै जनमोर्चाका विद्रोही सांसदद्वय शाही र थापालाई मन्त्री बनाउने चर्चा चलेको छ ।

Published : Wednesday, 2021 May 12, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया