कांग्रेस नेता पोखरेलले मुख्यमन्त्रीमा खाता खोल्ने ! लफडा गर्न खोज्दै एमाले

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि दावी प्रस्तुत गरेको छ ।

बुधबार कांग्रेसका सांसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेर प्रदेश प्रमुख सीता पौडेलाई पत्र लेखेर दर्ता गराएका हुन् ।

नेता पोखरेलले आफूलाई कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ । पोखरेलले आफूलाई प्रदेशसभाका चार दलले मुख्यमन्त्रीमा समर्थन गरेको बताएका छन् ।

सांसदको संख्या भने विश्वासको मत लिँदा प्रदेशसभामा गणना हुने बताएका छन् । पोखरेलले प्रदेश प्रमुखले आफूलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने बताएका छन् ।

एमालेका नेता समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यन्त्रीका लागि दाबी प्रस्तुत गर्न समय दिइएको थियो ।

अल्पमतमा हुँदा पनि एमालेले गण्डकी प्रदेशमा अझै पनि सरकार छाड्न आनाकानी गरिरहेको छ । गण्डकी प्रदेशमा यसअघिका प्रदेश प्रमुख अमिक शेरचनले एमालेको स्वार्थअनुसार काम नगरेको भन्दै कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले हटाएर एमाले नेतृ सीता पौडेललाई प्रदेश प्रमुख बनाएका थिए ।

Published : Wednesday, 2021 May 12, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया