राष्ट्रवादी ओलीलाई भाजपा नेता सुब्रमण्यमले नराम्रोसँग खुइल्याए, कुरेर बसेका ठाकुर चकित

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भारततिर लम्पसार परेको भनेर आरोप लागेका बेला भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता सुब्रमण्यम स्वामीको ट्वीटले बालुवाटारभित्र खैलाबैला मच्चिएको छ ।

भाजपा नेता सुब्रमण्यमले भारतीय सत्ता नेपालका प्रधानमन्त्री ओलीको पक्षमा रहेको बताएका छन् ।

भाजपाको तर्फबाट राज्यसभामा सांसद समेत रहेका सुब्रमण्यमले ओली भारतको रोजाइ भएको पनि बताएका हुन् ।

सुब्रमण्यमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए भने चीनको जीत हुनेपनि ट्वीटमा उल्लेख गरेका छन् ।

भारजा नेता सुब्रमण्यम बेलाबेला विवाद र चर्चामा आउने गरेका छन् । ट्वीटरमा सुब्रमण्यम लेखेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएअनुसार ओली भारतको रोजाइ हुन्, प्रचण्ड प्रधानमन्त्री भए भने चीनको जीत हुन्छ ।’

ओलीले सोमबार संसदमा विश्वासको मत पाउन सकेका थिएनन् । ओलीको कम्युनिस्ट सरकार ढलेको २४ घण्टा नबित्दै भाजपाका नेताले ओलीलाई भारतको समर्थन रहेको बताएका हुन् ।

सुब्रमण्यम भाजपाका राष्ट्रिय कार्यकारिणी सदस्यसमेत हुन् । उनी नेपाल मामिलाका जानकार मानिन्छन् । नेपालमा हुने राजनीतिक घटनाक्रमबारे उनले यसअघि पनि टिप्पणी गर्दै आएका छन् ।

संसदमा सोमबार ओलीले सम्बोधन गर्दा हाउभाउमा कुनै परिवर्तन देखिएको थिएन ।

ओलीलाई जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको समर्थन छ । ठाकुर र महतोलाई भारत नजिक रहेको आरोप लाग्दै आएको छ ।

ठाकुरलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउन ओलीले आश्वासन दिएको चर्चा भइरहेका बेला भाजपाका वरिष्ठ नेता सुब्रमण्यमको ट्वीटले खैलाबैला मच्चाइदिएको छ ।

सुब्रमण्यमको अभिव्यक्तिले ओलीलाई सबैभन्दा ठूलो झड्का लागेको छ ।

ओलीले भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्त गोयललाई ०७७ कात्तिक ५ गते बुधवार राति बालुवाटारमा बोलाएर भेटेपछि विभिन्न अड्कलबाजी भएका थिए ।

ठाकुर र महतोले पनि गत साता पौने पाँच बजे लैनचौरस्थित भारतीय राजदूतावासमा प्रवेशको गरेको भनेर समाचार बाहिरिएका थिए ।

Published : Tuesday, 2021 May 11, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया