यी हुन् कांग्रेसका दानवीर नेता, कोरोनाका बिरामी ओसार्न दिए आफ्नै गाडी, उपचार केन्द्र बनाउने

बाह्रविसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कोरोनाभाइरसबाट सिन्धुपाल्चोकका जनतालाई बचाउन आफैले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका छन् ।

खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले एक वर्ष कुनै शुल्क नलाग्ने गरेर गाडी उपलब्ध गराएका हुन् ।

‘मसँग भएको एउटा गाडी (जीप) सिन्धुपाल्चोक जिल्लामा कोभिड–१९ या अन्य रोग लागेका बिरामीहरूलाई अस्पताल पुर्‍याउन दिने निर्णय गरेको छु’, विज्ञप्तिमा बस्नेतले भनेका छन्, ‘जुन गाडी आफ२ले फिर्ता नलिने गरी दिएको छु ।’

उनले भने, ‘कोभिड–१९ को महामारीलाई ध्यानमा राखी १ वर्षसम्म सवारी चालकको तलब, भत्ता, गाडीको फ्यूअल (डिजेल) समेतको ब्यबस्था गरिनेछ ।’

‘बिरामीले कुनै पनि सेवा शुल्क तिर्नु पर्दैन । एउटा सञ्चालक समिति बनाएर यी सबैको ब्याबस्था गरिनेछ’, बस्नेतले भने, ‘यथाशीघ्र गाडी हस्तान्तरण गरि सेवा सुचारु हुनेछ ।’

बाह्रबीसे नगरपालिका– ९ राम्चे निवासी सावित्री तिमिल्सिना चालिसे नेपालकै पहिलो कोरोना संक्रमणबाट मृत्यु भएकी व्यक्ति हुन् ।

गाडी र उपचारको ब्यबस्था समयमा नपाएर चालिसेको मृत्यु भएको थियो । चालिसेको ९ दिनको नवजात शिशुलाई बस्नेतले पौष्टिक आहार ब्यबस्था गर्न धुलीखेल अस्पतालमै गएर एक लाख अभिभावकलाई जिम्मा दिएका थिए । नेता बस्नेतले स्व.चालिसेको शिशुको पठनपाठन र रोजगारीको जिम्मा पनि लिएका छन् ।

कांग्रेस नेता बस्नेतले कोभिड–१९ को संक्रमणबाट बिरामी भएकाहरूको संख्या वृद्धि भएको र मृत्यु दर हेर्दा अब सुबिधा सम्पन्न उपचार केन्द्रहरू जिल्ला–जिल्लामा ब्यबस्था गर्न ढीला गर्न नहुने बताएका छन् ।

उनले भने, ‘संक्रमण शुरू भएको १ वर्ष पूरा हुँदा पनि सरकार कोरोना रोगको नियन्त्रण गर्ने कार्य योजना, अस्पतालहरू निर्माण, आवश्यक उपकरण खरिद, स्वास्थकर्मीहरूको उचित ब्यबस्थापन, भ्याक्सिन भित्र्याने कार्य सबै निराशाजनक देखियो । सरकारको लापरबाहीले सिन्धुपाल्चोक पनि कोरोनाको हटस्पट बन्दै छ ।’

नेता बस्नेतले सिन्धुपाल्चोकमा एक महिनाभित्र अक्सिजनसहित एक सय बेडको निःशुल्क उपचार केन्द्र स्थापना गर्ने बताएका छन् ।

‘हामीले सिन्धुपाल्चोक जिल्लामा सामजसेवी, बुद्धिजीवी, ब्याबसायी र केही स्थानीय निकायका जनप्रतिनिधिहरूसंग छलफल गरी एक महिनाभित्रमा नै सेवा सञ्चालन गर्ने गरी कम्तिमा एक सय बेडको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गर्नेछौँ’, उनले भने, ‘जुन सेवा केन्द्रमा अक्सिजन र भेन्टिलेटरको ब्यबस्था हुनेछ ।’

निकट भविष्यमा पीसीआर मेसिन पनि राखिने नेता बस्नेतले बताएका छन् ।

‘भविष्यमा कोभिड–१९ रोग नियन्त्रणमा आएपछि यो केन्द्र सरुवा रोग नियंत्रण केन्द्रको रूपमा रूपान्तरण हुनेछ’, कांग्रेस नेता बस्नेतले भने ।

नेता बस्नेतले जुरेको पहिरो, भूकम्प, बाढीपहिरो र पहिलो चरणको कोभिड–१९ संक्रमणको बेला पनि सक्रियताका साथ पीडितहरूलाई सहयोग गर्दै आएका थिए । उनले सिन्धुपाल्चोकका एसएलसी परीक्षा दिने हजारौँ विद्यार्थीलाई २०४१ सालबाट निरन्तर ३२ वर्षसम्म निःशुक्ल कोचिङ कक्षा पढाउने काम पनि गर्दै छन् ।

बाढीपहिरोमा परी अविभावक गुमाएका, अभिभावकले नहेरेका बच्चाहरूलाई काठमाडौंको निजी क्याम्पसहरूमा अध्यनका लागि नेता बस्नेतले गरिदिएका छन् ।

Published : Tuesday, 2021 May 11, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया