ओली सरकार ढल्नेवित्तिकै तीन दलद्वको यस्तो आयो धारणा, दायाँबायाँ नगर्न शीतल निवासलाई खबरदारी

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजावादी पार्टी (जसपा)ले संविधानको धारा ७६ को उपधारा (२) वमोजिम नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाउन राष्ट्रपतिसँग माग गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउन भनेका हुन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मत संसदबाट पाउन नसकेर सरकार ढल्नेवित्तिकै तीन दलले संविधानअनुसार नयाँ सरकार बनाउने प्रक्रियाका लागि माग गरेका छन् ।

‘केपी ओली नेपालको संविधान बमोजिम प्रधानमन्त्री पदबाट मुक्त हुनु भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिज्यूलाई आव्हान गर्दछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

‘प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष राख्नु भएको प्रस्ताव संविधानको धारा १०० को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेकोले केपी ओली नेपालको संविधान बमोजिम प्रधानमन्त्री पदबाट मुक्त हुनु भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिज्यूलाई आव्हान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्वासको मत पाउन नसकेर ओली सरकार ढलेको जानकारी दिनेवित्तिकै नयाँ प्रधानमन्त्रीका लागि आह्वान गर्नुपर्छ ।

Published : Monday, 2021 May 10, 7:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया