यी हुन् ओलीसँग बदला लिने एमालेका ‘हीरो’ सांसदहरू

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको अहँकारलाई वरिष्ठ नेता माधवकुमार नेपालसहितका २८ सांसदले तोडिदिएका छन् ।

‘सर्वेसर्वा मै हुँ’ भनेर अगाडि बढेका ओलीको अधिनायकवादी चरित्रलाई एमालेकै २८ जनाले ध्वस्त बनाइदिएका हुन् । ओलीले नेपाल समूहलाई हदैसम्म पेलेर भित्तामा पुर्‍याएका थिए ।

ओलीसँग नेपाल समूहले सोमबार प्रतिनिधि सभाको विशेष अधिवेशनको बैठकमा लिएको छ । ओली आफ्नै साथीहरूको विश्वास पाउन नसक्दा समाप्त भएको अवस्थामा पुगेका छन् ।

ओलीले आफूलाई भोट नहालेका सांसदहरूलाई कारबाही गर्नेछन् । कारबाही हुने जान्दाजान्दै ओलीको अहँकार, निरंकुशता र अधिनायकवादलाई तोड्न नेपाल समूहले हिम्मत गरेर बदला लिएका छन् ।

ओलीका प्रेस सल्लाहकारले ओक्रोश पोखरेल नेपाल समूहमाथि तथानाम भनेका छन् । हुन त ओलीले नै संसदमा नेपाल समूहतिर लक्षित गरेर कोही कोही बैठकमा नभएको भनेर आलोचना गरेका थिए ।

‘केही मान्छेहरूको जिन्दगी विरोधाभाषले भरिएको र रोचक पाइन्छ, आफ्नै पार्टीको सरकारविरुद्ध राजीनामा दिने हल्ला गर्छन्, सांसदहरूलाई तिनैले विरोधमा उकास्छन्’, थापाले भनेका छन् ।

‘तथानाम बोल्छन्, अहोरात्र पार्टी कब्जा, विखण्डन र विभाजनको कृत्य गर्छन् र पार्टी एकताको आँसु पनि झार्दै तिनैले वार्ता गरेका कलाबिहीन नाटक पनि गरेका देखिन्छन्’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सायद यस्तैलाई पाखण्डीपन भनिन्छ होला ?’

एमालेका सांसदहरू माधव नेपाल, झलनाथ खनाल, भीम रावल, योगेश भट्टराई, पवित्रा निरौला खरेल, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेले ओलीविरुद्ध विद्रोह गरेर बदला लिएका छन् ।

सांसदहरू मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान (उपस्थित भएर भोट नहालेकी), लक्ष्मीकुमारी चौधरी र मुकुन्द न्यौपानेले ओलीलाई भोट दिएनन् ।

Published : Monday, 2021 May 10, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया