रिसाएर रातोपिरो भए ओली

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कसैले पनि विश्वासको मत नदिएपछि रिसाएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको विशेष बैठकमा दलका नेताहरूले बोलेपछि जवाफ दिने क्रममा ओलीले आलोचना गर्ने नेताहरूमाथि आक्रोश पोखेका हुन् ।

ओलीले मधेस आन्दोलनका क्रममा आफूले भनेको पाकेको आँप, माखेसांङ्लो भनेको अभिव्यक्तिलाई बङ्ग्याएर भन्ने गरेको बताए ।

ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवम् सांसद उपेन्द्र यादवतिर लक्षित गरेर मधेस आन्दोलनमा आफ्ना अभव्यक्तिलाई बङ्ग्याएर राखेको बताए ।

ओलीले आफ्नो आलोचना गर्ने र विश्वासको मत नदिनेहरूलाई कडा शब्दमा आलोचना गरे ।

Published : Monday, 2021 May 10, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया