प्रचण्डले ओलीविरोधीहरूको मन जिते, कुर्सीमा टाँसीइरहने स्वभावका ओली दिक्क भए

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याको जड आफू नभएको भन्दै केपी ओली राष्ट्रिय समस्या भएको बताए ।

प्रतिनिधि सभाको सोमबारको विशेष अधिवेशनमा बोल्दै दाहालले ओलीलाई प्रश्न गर्दै भने, ‘म हो कि राष्ट्रिय समस्या हो कि तपाई हो ? मैले प्रधानमन्त्री बनाउने म राष्ट्रिय समस्या हो ? तपाईसँग कुनै तथ्य छैन । तपाई जिम्मेवार हो ।’

उनले भने, तपाईले विश्वासको मत माग्ने अधिकार छ र प्रधानमन्त्रीज्यू ? तपाईलाई अधिकार छैन ।’

दाहालले भने, ‘यो विश्वासको मत प्राप्त हुँदैन । संविधानको अर्को धारण प्रयोग गरेर सरकार बनाउँछु । संसद विघटन गर्छु भनेर आउनुभएको त होइन प्रधानमन्त्रीज्यू ?’

‘इमान्दारिताका साथ विश्वासको मत लिने थियो भने अदालतले दुई पार्टीलाई अलग–अलग बनाउनेवित्तिकै विश्वासको मत लिनुपर्ने थियो’, दाहालले भने, ‘विश्वासको मत लिने जानुपर्ने ठाउँमा समर्थन फिर्ता किन नलिएको भनेर भन्नुभयो ।’

उनले भने, ‘समर्थन फिर्ता नलिएको कुरा तपाईले संसद विघटन गर्नु हुन्छ भन्ने डरले हामीले समर्थन नलिएकै हो प्रधानमन्त्री ज्यू ।’

‘तपाई यो विश्वासको मत लिन लागेको पनि तर्क संगत छैन । आशंका छ’, उनले भने, ‘विशेष अधिवेशन बोलाएको पनि मिलेको छैन । नियमित अधिवेशनमा विश्वासको मत लिएको भए हुने थियो । तपाईले केही गर्नु लाग्नुभएको हो कि भन्ने आशंका छ ।’

ओलीले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेको भन्दै दाहालले आलोचना गरेका छन् ।

माओवादी अध्यक्ष दाहालले वामगठबन्धनको सहमति आफूले नतोडेको बताए । उनले भने, ‘पालैपाले अध्यक्ष, पालैपालो प्रधानमन्त्री बन्ने सहमति मैले तोडेको हो र प्रधानमन्त्रीजी ?’

कोरोनाको दोस्रो लहर चलको बेला ओलीले रथयात्रा, ठूलाठूला सभा गरेपछि त्यहीबाट कोरोना ह्वात्तै बढेको अध्यक्ष दाहालले आरोप लगाएका छन् ।

कोरोनाकै बेला ठूलाठूला कयौँ सभा आयोजना गरेर कोरोना बढाएको उनले बताए । बालुवाटारमा बसेर बजेट र आयोजना विनाका ठूलाठूला उद्घाटन गरेको भन्दै दाहालले आलोचना गरे ।

‘तपाईलाई मौका पाए भने फेरि संसद विघटन गर्छु भन्ने मनमा लागेको छ’, दाहालले भनेका छन् ।

दाहालले भने, ‘संवैधानिक परिषदको बैठक गरेर हिजो निर्णय किन गर्नुभयो ? विश्वासको मत पाउँदैन । कब्जा गर्नेभरि कब्जा गरिहाल्छु भनेर लाग्नुभयो ।’

कोरोनाका बेला स्वास्थ्य सामग्री खरिद र खोप खरिदमा भएको कमिशन काण्डमा ओली दोषी रहेको दाहालले आरोप लगाएका छन् । कोरोनाका बेला ठूलो भ्रष्टाचार र घोटाला भएको उनले बताए ।

दाहालले भनेका छन्, ‘ज्यान जाला बरु कुर्सी चाहिँ छाड्दैन भन्ने हुनुहुँदो रहेछ । अब तपाईकै जस्तो म पनि सिक्दैछु ।’ ओलीलाई दाहालले कुर्सीलाई कुनै हालतमा छाड्न नचाहेको आरोप पनि लगाए ।

दाहालले संसदबाटै सरकार बनाउन अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘संविधानको धारा ७६ (२)बाट संसदभित्रैबाट सरकार खोजौँ ।’

Published : Monday, 2021 May 10, 3:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया